बिदेशमा बसेर फेसबुकमा जथाभावी फोटो राख्ने बिमानस्थलबाटै पक्राउ

Posted on: April 29, 2016 | views: 597

११ फागुन, काठमाडौं ।
महानगरीय प्रहरी अपराध महाशाखाले साइबर अपराध गरेको आरोपमा नुवाकोट जिल्लाका एक युवालाई पक्राउ गरेको छ ।

नुवाकोट तुप्चे गाविस १ घर भएका ३० वर्षीय शिव पौडेल यस्तो आरोपमा पक्राउ परेका हुन् ।

पौडेलले सामाजिक सञ्जाल मार्फत विभिन्न महिलाको अश्लील तस्बिर राख्ने तथा सन्देश प्रवाह गरी मानसिक यातना दिने गरेको अभियोग लागेको छ ।

महाशाखाबाट खटिएको प्रहरीले पौडेललाई वैदेशिक रोजगारका सिलसिलामा कतारबाट नेपाल फर्कने क्रममा पक्राउ गरेको हो ।

प्रहरीले अनुसन्धानपछि विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा चलाउन आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाएको छ ।