अमेरिकाबाट काँग्रेस महाधिवेशन प्रतिनिधि छानिए

Posted on: May 02, 2016 | views: 228

१० फागुन, न्यूयोर्क ।
नेपाली काँग्रेसमा आवद्ध अमेरिकामा रहेका नेपालीहरुको संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाले आसन्न नेपाली कांग्रेसको महाधिवेशनको लागि प्रतिनिधि छानेको छ ।

समितिले नियम अनुसार पाउने सात जनामा सातैजना महाधिवेशन प्रतिनिधि बनाएर नेपाल पठाउने भएको हो ।


नेपाली काँग्रेस १३ औं महाधिवेशनमा छनौट भएकामा गोरख ९आनन्द० विष्ट,  वेद खरेल,  विष्णु सुवेदी,  प्रमोद सिटौला, महिलामा माया कडायत, विद्यासागर योञ्जन,  हेमराज भट्ट रहेका छन् ।
छनौट भएका मध्ये विष्ट, योञ्जन, भट्ट देउवा पक्षधर हुन् भने कडायत, सिटौला, सुवेदी र खरेल संस्थापन पक्षधर हुन् ।

यस्तै जनसम्पर्क समितिले तीन जना महासमिति सदस्यमा सभापति विष्टसहित पूर्व संयोजक एवं समितिका केन्द्रीय सदस्य सुवेदी र संगठन विभाग प्रमूख केन्द्रीय सदस्य वेदप्रसाद खरेललाइए चयन गरेको छ ।

बिवादका बिच नयन भएका प्रतिनिधिमाथि पनि जनसम्पर्क सिमिति आवद्धअरुले अपारदर्शीरुपमा प्रतिनिधि छनौट गरेको आरोप लगाएका छन् ।