कोरियामा एक नेपाली मृत भेटिए

Posted on: January 17, 2016 | views: 111

२९ मंसिर, सोल । 
रोजगारीका लागि  ईपिएस मार्फत दक्षिण कोरिया आएका एक नेपालीले आत्महत्या गरेका छन् । काभ्रेपलाञ्चोक सापिंग ५  स्थायी घर र भक्तपुर लोकन्थली अस्थायी ठेगाना भएका मन्जिल पहरी  मंगलवार विहान झुण्डिएको अवस्थामा शव फेला परेका हुन् । पहरी कोरियाका उईजम्बु स्थित पुचन सन्गुरीको हानिल सानवमा काम गर्दै आएका थिए । उनी झुण्डिएको अवस्थामा फेला परेको संगै कार्यरत नेपालीलाई उद्रीत गर्दै हाम्रा सहकर्मी रन्जन कुवँरले बताएका छन । 

पहरी आइतबार संगै कार्यरत नेपालीहरुहरु संग बजार जादा अचानक वेपत्ता भएका थिए । संगै कार्यरत नेपाली साथीहरुले खोजखवर गर्दा पनि उनी  सम्पर्कमा आउन नसकेको र मंगलबार मात्र झुष्डिएको अवस्थामा पाइएको संगै कार्यरत सुमन बरालले जानकारी दिएका हुन । २२ महिना अघि कोरिया आएका २७ वर्षिय पहरी ३ महिनाअघि नेपाल गएर फर्किएका थिए ।
 
पहरीको बारेमा कोरियन प्रहरीले आत्महत्या गरेको रिपोर्ट  दिएको दक्षिण कोरिया स्थित नेपाली दुतावासका श्रम सहचारी अनिल गुरुंगले जानकारी दिएका छन । घटनाको बारेमा मृतकको परिवारलाई जानकारी पठाइएको र नेपालबाट थप जानकारी आएपछि लाश पठाइने बताइएको छ । पहरीको शव कोरियाकै पुछन क्षेत्रको अस्पतालमा राखिएको छ । २६ बर्षिय पहरी परिवारका एक्लो छोरा हुन् । उनको परिवारमा बुबा आमा र एक दिदी छन् ।