नुवाकोट समाज दक्षिण कोरियाद्धारा बोन म्यारो पिडित बालकलाई आर्थिक सहयोग

Posted on: December 23, 2015 | views: 114

११ मंसिर, नुवाकोट  । 
नुवाकोट सेवा समाज दक्षिण कोरियाले बोन म्यारो रोगबाट पिडित नुवाकोटका बालक विशाल तामाङलाइ उपचारका लागि आर्थिक सहयोग गरेको छ । नुवाकोट जिल्ला काहुले गा.वि.स. वडा नं ,८ तल्थोक निवासी श्रीरिकी स्वार तामाङको एक्लो छोरा बिशालको उपचारको लागि ८४ हजार आर्थिक सहयोग गरेको हो । 

उक्त रकम शुक्रवार एफइएसँगको सहकार्यमा प्रेस चौतारी नेपालद्धारा राजधानीमा आयोजित कार्यक्रमका बिच नेपाल पत्रकार महासंघका अध्यक्ष डा। महेन्द्र बिष्टको हातबाट हस्तान्तरण गरिएको छ । नुवाकोटकै एक बिद्यालयको कक्षा सातमा अध्ययन गर्दै आएका बालक  सिभिल अस्पताल बानेश्वर, काठमाडौंमा उपचाररत रहेका छन् ।

बालकको उपचारमा हालसम्म नौ लाख रुपैया खर्च भैसकेको र परिबारको आर्थिक अबस्था एकदमै कमजोर भएको कारण बालकको उपचारमा समस्या देखिएपछि परिबारले आर्थीक सहयोगका लागि सहयोगी मनहरुलाई अनुरोध गर्दै आएका छन् । उक्त अनुरोध र बालको आर्थिक अवस्था देखेर नुवाकोट समाज,कोरियाले रकम संकलन गरि पठाएको हो । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै  डा। महेन्द्र बिष्टले आर्थिक सहयोग गर्ने संस्था नुवाकोट समाज,कोरियाप्रति हार्दिक आभार ब्यक्त गर्नुभएको छ । नुवाकोट समाज दक्षिण कोरियाले यसअघि पनि भूकम्प प्रभावित क्षेत्रका भूकम्प पिडीतलाई सहयोग गरेको थियो । विश्वमा छरिएर रहेका नेपालीहर मध्ये नुवाकोट समाज दक्षिण कोरिया सामाजिक क्षेत्रमा अग्रस्थानमा रहदै आएको छ ।