अस्ट्रेलियाका लािग लक्की शेर्पा राजदूतमा सिफारिस

Posted on: May 03, 2016 | views: 852

मुकुन्दराज भेटुवाल-८ बैशाख, अस्ट्रेलिया ।
अस्ट्रेलियाको लागि सरकारले लक्की शेर्पालाई राजदूतमा सिफारिस गरेको छ । रुद्रकुमार नेपालको ठाउँमा सरकारले शेर्पालाई अस्ट्रेलियाको लागि नयाँ राजदूतमा सिफारिस गरेको हो ।

मंगलबार बसेको नेपाल सरकार मन्त्रीपरिषद बैठकले शेर्पालाई अस्ट्रेलियाकासँगै २१ देशका नेपाली राजदूतावासमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो ।

सन् २००१ मा पाटन संयुक्त क्यापस टप गर्दै अर्थशास्त्रमा मास्टर्स डिग्री हासिल गरेकी शेर्पा हाल ‘ग्रीन इकोनोमी’मा पिएचडीको तयारीमा समेत रहनुभएको छ ।

२०३१ सालमा सुनसरीमा जन्मनुभएकी शेर्पा यससअघि समाजकल्याण परिषद्को सदस्य भइसक्नु भएको छ भने पहिलो संविभानसभामा नेकपा एमालेबाट संविधानसभामा सदस्य समेत हुनुहुन्थ्यो ।

हावर्ड विश्वविद्यालयमा लिडरसीप फेलोका रुपमा अध्ययन गर्नुभएकी शेर्पाले आफुमा आएको जिम्मेवारी कुशलतापूर्वक निभाउने प्रतिक्रिया दिनुभएको छ ।
अस्ट्रेलियासँगको सम्वन्ध र अस्ट्रेलियामा रहेका नेपालीहरुको निम्ति केही नयाँ र सकारात्मक काम गरेर देखाउने राजदूतमा सिफारिस हुनुभएकी शेर्पाले प्रतिवद्धता जनाउनुभएको छ ।

अस्ट्रेलियाको लागि नेपाली राजदूतमा सिफारिसमा पर्नुभएकी लक्की शेर्पा एकीकृत नेकपा माओवादीको केन्द्रीय सदस्य हुनुहुन्छ भने उहाँ माओवादीको वातावरण विभाग ईन्चार्ज समेत हुनुहुन्छ ।