घरेलु कामदारमा महिलालाई वैदेशिक रोजगारीमा पठाउन सकिँदैन-श्रम मन्त्री

Posted on: May 03, 2016 | views: 442

८ बैशाख, काठमाडौं ।

श्रम तथा रोजगारमन्त्री दीपक बोहराले यथास्थितिमा महिला कामदारलाई घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा पठाउन नसकिने बताउनुभएको छ ।

‘वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका’ विषयमा श्रम मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री बोहराले महिला कामदारको सुरक्षाको पूर्व सुनिश्चितता नभएसम्म बैदेशिक रोजगारीमा नपठाईने बताउनु भयो ।

उहाँले हरेक दिन वैदेशिक रोजगारीमा रहेका महिला विदेशमा अलपत्र परेको, शारीरिक यातना पाएको, पारिश्रमिक नपाएकोजस्ता कुरा सुनिने गरेको भन्दै ठोस मापदण्ड बनाएरमात्रै महिला कामदार पठाइने स्पष्ट पार्नु भयो ।