क्यानडाको जलसेनामा नेपाली

Posted on: January 05, 2016 | views: 116

५ मंसिर,काठमाडौं । 
उत्तर अमेरिकी मुलुक क्यानडाको नेभी (जलसेना)को उच्च तहमा पहिलो नेपाली प्रवेश गरेका छन् । तीन प्रकारका सैन्य सेक्सनमध्ये जलसेनाको लेफ्टिनेन्ट तहमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ हात्तीलेटका बासिन्दा सुधीरजंग पाँडे काम गरिरहेका छन् । 

दीपेन्द्र प्रहरी विद्यालयबाट एसएसली र रसियाबाट इन्जिनियरिङ गरेका ४१ वर्षका पाँडे २९ वर्षको उमेरमा क्यानडाको प्रहरी सेवामा प्रवेश गरेको नेपाल समाचारपत्रमा खबर छ । त्यसपछि सन् २००५ मा सिभिल प्रहरी फोर्समा भर्ती भएका उनी त्यसको तीन वर्षपछि सेनातिर आकषिर्त भएका हुन् ।