साउदी अरबका नेपाली राजदूतमाथि छुरा प्रहार

Posted on: May 01, 2016 | views: 372

२ बैशाख, रियाद ।
साउदी अरबमा कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्दै आएका नेपाली राजदूतावासका कार्यवाहक राजदूत आनन्द प्रसाद शर्मालाई अज्ञात व्यक्तिले छुरा प्रहार गरेका छन् ।

नेपाली दूतावासले दिएको जानकारी अनुसार शर्मामाथि आफ्नै कार्यकक्षमा छुरा प्रहार भएको हो ।

परिचय नखुलाइएपनि सोही राजदूतावासमा शरण लिंदै आएका एक नेपालीले कावा राजदूत शर्मालाई छुरा हानेको बताइएको छ ।

शर्माको अवस्था गम्भिर रहेको छ । उनको हाल किङ् फइसल अस्पतालमा आइसियुमा उपचार भइरहेको छ ।

आक्रमण गर्ने व्यक्तिलाई साउदी प्रहरीले नियन्त्रणमा लिइ कारवाही प्रक्रिया अघि बढाएको छ ।
छुरा प्रहार गर्ने व्यक्ति सामान्य अवस्थाको भएको बताइएको छ । ति नेपालीले छुरा प्रहार गर्नुको कारण खुलाइएको छैन ।

परराष्ट्र मन्त्रालयले कुटनीतिक पदाधिकारी माथि भएको घटनाको भर्त्सना गरेको छ ।