कामदारका लागि नयाँ निति ल्याउने जापानी प्रधानमन्त्रीको संकेत

Posted on: April 30, 2016 | views: 195

जापान, माघ १० ।  जापानी प्रधानमन्त्री सिन्जु आवेले कामदारमो लागि नयाँ निति ल्याउने संकेत दिएका छन् । भविष्यमा विश्वको आर्थिक क्षेत्रमा देखिन सक्ने समस्याहरुलाई निवारण गर्ने उदेश्यले आवेले नयाँ नीति लागू गर्न लागेको जनाएका छन् ।  त्यो नीति जापान र जापान बाहिरका सबै कामदारहरुको निम्ति लागू हुनेछ ।  सिन्जु आवेले विश्वको अर्थतन्त्र ,आतंकवाद विरुद्दको लडाई र गरिवीको समस्या र एशिया प्याशिफिक क्षेत्रको वर्तमान अवस्था नै अन्तराष्ट्रिय सम्मेलनको मुख्य एजेण्डा हुने बताएका छन्। जापानमा काम गर्ने पार्ट टाईम र फुल टाईम कामदारहरुको लागि बारबार कामको लागि बराबर पैसा भुक्तानी गर्ने नीति अबलम्बन गरिने आवेले बताएका हुन् ।