दुवईमा नेपाली युवाबिच ग्याङ फाइट

Posted on: December 30, 2017 | views: 554
युएई । युएईको राजधानी दुवईमा अपरिचित नेपाली युवाहरुले एक नेपाली पत्रकारिमाथि सामुहिक आक्रमण गरेका छन । दुबईको बर दुबईमा रहेको नेपाली चोक नजिकै परिचय नखुलेका नेपालीकै समूहले शुक्रबार बेलुकी आक्रमण गरेको हो । अपरिचित व्यक्तिहरुले रुकुम मैकोटका बुढामगरलाई रडले टाउकोमा प्रहार गरेका थिए । उहाँको टाउकोमा चारवटा टाका लगाईएको छ भने हातमा पनि चोट लागेको छ । आक्रमणबाट घाइते भएका बुढामगर आफैं अल राफा प्रहरी चौकीमा गएका थिए । प्रहरीले बुढामगरलाई उपचारका लागि बराहा अस्पताल पुर्‍याएको थियो । आक्रमण गर्ने समूहबारे उजुरी दिन प्रहरीले भनेको र आक्रमण गर्ने समूह नेपाली भएको तर आफूले नचिनेको जानकारी सहितको उजुरी दिएको पत्रकार बुढामगरले जानकारी दिनुभयो । लामो समय युएईमा रहेर पत्रकारिता गरिरहेका पत्रकार तथा लेखक बुढामगर यसै साता विदामा नेपाल फर्किंने तयारीमा हुनुहुन्थ्यो । शुक्रबार पार्क घुमेर नजिकै रहेको क्यारिफोरमा सामान किनेर फर्किंदै गर्दा उहाँमाथि आक्रमण भएको हो । शुक्रबार बेलुकी नै बरदुबईको लभडाँडामा रक्सी खाएका नेपालीबिच ग्याङ फाइट भएको छ । अघिल्लो हप्ता पनि त्यही ठाउँमा पत्रकारमाथि आक्रमण भएको थियो । पछिल्लो समय बरदुबईको सार्वजनिक ठाउँमा रक्सी खाएर मातेका नेपालीबिच झगडा हुने क्रम बढेको छ ।