कुर्दिस्तानमा नेपाली युवाको मोटरसाइकल दुर्घटनामा परि निधन

Posted on: December 16, 2017 | views: 2291

कुर्दिस्तान ।

इराकको कुर्दिस्तान प्रान्तमा सडक दुर्घटनामा परि एक नेपाली युवाको निधन भएको छ ।


कुर्दिस्तान प्रान्तको सुलेमानी शहरमा भएको मोटरसाइकल दुर्घटनामा परि झापाका जितेन भनिने जित बहादुर लिम्बुको निधन भएको हो ।


२७ बर्षका लिम्बु आफैंले चलाएको मोटरसाइकल विपरित दिशाबाट आएको सवारीमा ठोक्किँदा घटनास्थलमै निधन भएको प्रवासि नेपाली एकता समाज कुर्दिस्थानका अध्यक्ष नविनकुमार लामाले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।


शुक्रबार साँझ निधन भएका लिम्बुको पोष्टपार्टम तथा अन्य प्रक्रिया अघि बढेको र शव नेपाल पठाउने तयारी भइरहेको एकता समाजका अध्यक्ष लामाले जानकारी दिनुभयो ।


बैदेशिक रोजगारीका क्रममा पाँच बर्षअघि कुर्दिस्तान आएका लिम्बु हाल कानी फर्नीचर उद्योगमा विगत ३ बर्षदेखी कार्यरत रहेका थिए ।




साथीको जन्मदिन मनाएर फर्कने क्रममा लिम्बु आफैंले चलाएको मोटरसाइकल तिब्र गतिका कारण दुर्घटना हुन गएको बताएको छ ।


कुर्दिस्तान सुलेमानीयामा बिवाह गरि बस्दै आएको बताइएका लिम्बुको साँझ ९:३० बजे दुर्घटनामा परेको र घटनास्थलमै निभन भएपछि हाल स्थानिय मृतकको शव राखिने सरकारी अस्पताल सवारी अस्पतालमा शव राखिएको छ ।

दुर्घटना सुलेमानीयाको मजीदी मल नजिक भएको नेपाली एकता समाज कुर्दिस्थानका अध्यक्ष नविनकुमार लामाले जानकारी दिनुभयो ।