एनआरएनए अध्यक्षमा भवन भट्ट र जमुना घले बिच प्रतिस्पर्धा, मतदान सुरुसँगै राजनीतिले यसरी गाँज्यो

Posted on: October 16, 2017 | views: 1864

काठमाडौं ।

एनआरएनए ८ औं विश्वसम्मेलन मार्फत नयाँ नेतृत्व चयनमा भवन भट्ट र जमुना गुरुगं घले दुवैजना अध्यक्ष उम्मेद्धारीमा अडिग रहेपछि मतदान सुरु भएको छ ।


संघको अध्यक्षमा भवन भट्ट र जमुना गुरुङले उम्मेदवारी दर्ता गराएपछि सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्ने प्रयास विफल भएको हो ।


संघको संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, पूर्व अध्यक्ष जीबा लामिछाने लगायतले जमुनालाइ मनाउने प्रयास विफल भएपछि अन्तिम समयमा जमुनाको उम्मेद्धारी परेको हो ।


आइतबारको बन्द सत्रबाट एनआरएनएका अध्यक्ष शेष घलेले एनआरएनए अभियानलाइ संस्थागत बनाउने उदेश्यसहित ल्याएको भिजन २०२० पारित भएपछि सहमतिका लागि केही बाटो खुलेको ठानिएको थियो ।


योजना पारित भएपछि घले समूह केही लचिलो बनेपनि घले पक्षधरले ल्याएको यो भिजन कार्यान्वयनका बारेमा संस्थापक अध्यक्ष महतो, पूर्व अध्यक्ष लामिछाने लगायतका पक्षधर विपक्षमा रहेका थिए । तर, यो भिजनलाइ उनीहरुले सर्वसम्मत रुपमै पारित गर्न सघाए ।


स्रोतका अनुसार घले समूहले लाप्राक नमूना बस्ती र एनआरएनए भवन निर्माणको जिम्मेवारी भने आफूलाइनै दिनुपर्ने अडान राखेका थिए । भवन भट्टले भने आफ्नै परिकल्पनामा लाप्राक नमूना बस्ती र एनआरएनए भवन निर्माण थालिएको बताउँदै आएका छन् ।


यसैबिच नेतृत्वमा दाबी गरिरहेका अध्यक्षका दावेद्धारद्धय जमुना र भवनलाई दुई भिन्न पार्टीको समर्थन देखिएका छन् ।


जमुना गुरुगंलाई नेपाली काँग्रेसले समर्थन गरेको छ । निर्वाचन हुनु केही अगाडी काँग्रेस सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शसांक कोइरालाले जमुना गरुगंलाई सहयोग गर्न पार्टीका कार्यकर्ता र आफु निकट एनआरएनए प्रतिनिधिहरुलाई सर्कुलर गरेका छन् ।


एनआरएनएका निर्वाचनमा यसअघि काँग्रेसको समर्थन प्राप्त उम्मेद्धारहरुले नेतृत्व सम्हाल्दै आएका कारण गुरुगं बिजयी हुने काँग्रेसको दाबी छ । जमुना समर्थकहरुले जनजातीको मत समेत आउने भएकाले बिजयी हुने दाबी गर्दै आएको छ ।


यसैगरि काँग्रेसले अध्यक्षसँगै  उपाध्यक्षमा खगेन्द्र जीसी र चिरन्जीवी थापा, महासचिवमा त्रिलोक गुरुङ, कोषाध्यक्षमा मुक्षेत्र गुरुङ, सचिवमा गणेश केसीलाई मतदान गर्न सर्कुलर जारि गरेको बताइएको छ । माओवादीले भने एनआरएनए सचिवमा डिवी क्षेत्रीलाई मत दिने सर्तमा काँग्रेस समर्थक उम्मेद्धारहरुलाई समर्थन गरेको बताइन्छ ।


एनआरएनए अध्यक्षका प्रवल दावेदार भवन भट्टलाई भने सत्ता प्रतिपक्षिदल नेकपा एमालेको समर्थन रहेको ठानिएको छ । यद्यपी अहिलेसम्म एमालेले औपचारिक रुपमा ठोस निर्णय वा समर्थनको कुनै जानकारी गराएको छैन । तथापी जमुनालाई काँग्रेसले च्यापेपछि उसले भट्टको समर्थन गरेको र भट्टपनी एमालेप्रति नरम देखिएका छन् ।


व्यक्तिगत तवरमा अध्यक्षमा दावेदारी गर्दै आएका निवर्तमान उपाध्यक्ष भट्ट राजनीतिक रुपमा कुनैपार्टि निकट नरहेको भएतापनि अन्तिम समयमा अध्यक्ष दावेदार प्रतिस्पर्धिलाई काँग्रेसको समर्थन जुटेपछि बाध्य भएर एमालेखेमाको समर्थन लिन र प्राप्तगर्न विवस बनेको एनआरएनए प्रतिनिधिहरु बताउँछन् ।