प्रधानमन्त्री ओली अवलोकन भ्रमणमा व्यस्त 

Posted on: April 28, 2016 | views: 145

१३ चैत, काठमाडौ । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली भेटघाट र छलफलमा व्यस्त  रहनु भएको छ । आज उहाँले अवलोकन भ्रमण र भोटवार्ता गर्नु हुनेछ । आज चीनको वनछुआन भूकम्प पार्क, चिफिङफु जलविद्युत् आयोजना र तुचियाङयान पान्डा पार्क अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

अवलोकन भ्रमण पछि आजै चीनको सिचुवान प्रान्तीय उच्च व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ । प्रधानमन्त्री ओलीको सम्मानमा सिचुवानमा रात्रिभोजको आयोजना पनि गरिएको छ ।

भोलि चिनियाँ परिषद्, छेन्दुको कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सिचुवान विश्वविद्यालयमा सम्बोधन र चिनियाँ भेटघाट समेर भोलि काठमाण्डु फर्किने कार्यक्रम रहेको छ ।