झिल्केश्वरीमा चार हजार विरुवा बृक्षारोपण

Posted on: July 30, 2017 | views: 202

१५ साउन, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ५ दुईपिपल स्थित झिल्केश्वरी सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । सामुदायिक वन भित्र प्रयाप्त मात्रामा खाली जग्गा भएकाले हरियाली एंव बन संरक्षणको लागी सामुदायिक वनले जिल्ला वन कार्यालय नुवाकोटको सहयोगमा करिब चार हजार विरुवा वृक्षारोपण गरिएको सामुदायिक वनका अध्यक्ष पूर्णप्रसाद भूर्तेलले जानकारी दिनुभएको छ ।
धेरै पहिले देखिनै हुर्काको रुखहरु कटानी हुदै गएको र नयाँ विरुवा हुर्काउन समेत कठिनाइ भएको अवस्थामा वन उपभोक्ता समितिको पदाधिकारीको प्रयासमा यस सिजनमा मात्र चार हजार विरुवा रोपेर हुर्काउने अभियान सुरु गरेको सचिव विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभएको छ । वृक्षारोपणको लागी सामुदायिक वनको उपभोक्ता तथा सदस्यहरुले चासो नदिएपछि पदाधिकारीहरुले ज्यालादारी मजदुर मार्फत विरुवा बोक्ने, खाल्डो खन्ने, रोप्ने लगायतको वृक्षारोपणको कार्यक्रम एक साता लगाएर पूरा गरेको सचिव भण्डारीले जानकारी दिनुभएको छ ।