पूर्व अर्थमन्त्री महतलाई उत्कृष्ट अर्थमन्त्रीको उपाधि

Posted on: April 30, 2016 | views: 196

२० पुष, काठमाडौं । 
लण्डनस्थित द फाइनान्सियल टाइमको सहप्रकाशन द बैंकरले प्रत्येक बर्ष दिदै आएको उत्कृष्ट अर्थमन्त्रीको उपाधि पूर्व अर्थमन्त्री रामशरण महतलाई दिईने भएको छ । पत्रिकाको आफ्नो ९० औं वार्षिकोत्सवका अवसरमा विश्वभरका बैंकर तथा अर्थशास्त्रीहरुबीच सर्बेक्षण गरी द बैंकरले महतलाई एसिया प्रशान्त क्षेत्रका मुलुकहरुमध्ये उत्कृष्ठ अर्थमन्त्री र समग्र विश्व क्याटेगोरीमा पनि उत्कृष्ठ अर्थमन्त्रीमा महतलाई घोषणा गरेको जनाएको छ । 

महत एसिया प्रशान्त क्षेत्र र विश्व क्याटेगोरीमा उत्कृष्ठ अर्थमन्त्री पुरस्कार पाउने दक्षिण एसियामै पहिलो हुन्। केही हप्ताभित्रै लण्डनमा विशेष कार्यक्रमको आयोजना गरी महतलाई उक्त पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।