छोराको हात काट्ने दोधारा चाँदनीका बिरप्पन प्रहरीको खोरमा

Posted on: May 03, 2016 | views: 205

पप्पु गुरुङ्, १० चैत/ दोधारा चाँदनी । दोधारा चाँदनीमा बिरप्पन भनिने लोक बहादुर शाहीले आफ्नै छोराको हातमा प्रहार गरेर निर्घात घाईते बनाएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ निवासी अन्ताजी ५८ वर्षिय लोक बहादुर शाहीले मंगलवार अबेर साँझ मदिराले अचेत भएको अवस्थामा आफ्नै घरमा कान्छा छोरा कुमार शाहीलाई धारिलो हसियाले हानेर घाईते भएका हुन् । धारिलो हतियारको प्रहारबाट कुमारको बाया हातको कुहिना नजिकको भाग काटिएको छ भने शरिर भरि चोट रहेको स्थानियहरुले बताएका छन् । मदिराले मातेको शाहीले आज अबेर साँझ आफ्नै छोरा कुमार शाहीको हातमा धारिलो हतियार प्रहार गरेर शक्त घाईते बनाएका छन् । घट्ना पछि परिवारजनले कुटपिट पछि बिरप्पन भनिने शाहीलाई बाधेर प्रहरीलाई खबर गरेका थिए । घराईसी कलहमा एक्कासी हसिया प्रहार गरेर आफ्ना कान्छा छोरा अन्ताजी १८ वर्षिय कुमार शाहीलाई घाईते बनाएको प्रहरीले जनाएको छ् । घाईते कुमार शाहीलाई भारतिय सिमावर्ती बजार खटिमाको एक निजी अस्पतालमा पुर्‍याईएको थियो । चोटको अवस्था गम्भिर भएको कारण घाईते कुमारलाई अन्य ठाँउमा रिफर गरिएको बताईएको छ् । प्रहरीले बिरप्पन भनिने लोक बहादुर शाहीलाई मंगलवारनै नियन्त्रणमा लिएको छ, भने उनले प्रयोग गरेको हसियाको बारे खोजी भईरहेको जनाएको छ् ।