महतोको स्वास्थ्य परिक्षणको रिपोर्ट: एक्स रे सामान्य, भिटामिनको कमीले कमजोरी

Posted on: May 02, 2016 | views: 180

काठमाडौं,पुष २० । काठमाडौं ।   जोगवनी नाकामा भएको झडपमा घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्य परिक्षणको प्रारम्भिक रिपोर्ट आएको छ । भारतको नयाँ दिल्लीको मेदान्त अस्पतालमा उपचारका लागि पुगेका महतोको स्वास्थ्यमा सुधार आइरहेको पार्टी स्रोतले जनाएको छ । डाक्टरहरुको पछिल्लो रिपोर्ट अनुसार महतोको शरीरको एक्स रेको रिपोर्ट भने सामान्य रहेको बताइएको छ ।  अहिलेसम्मको रिपोर्टमा भिटाबिन बी १२ को कमी देखिएको जसको कारणले चक्कर लाग्ने र अधिक कमजोरी भइरहेको देखिएको छ ।  

रक्तचाप र ब्लड सुगर बिस्तारै सुधार भइरहेको छ । मस्तिष्कको एमआरआई गरिएको छ भने यसको रिपोर्ट आजसम्म आउने बताइएको छ । उनलाई थप उपचारका लागि शुक्रबार दिउँसो दिल्ली लगिएको थियो ।   विराटनगरको गोल्डन अस्पतालमा प्रारम्भिक उपचारपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्मा उपचार गराइरहेका महतोको अवस्था सामान्य रहेको भनिएपनि उनको परिवारले गम्भिर बताउँदै आएको थियो ।