१० किलो सुन बोकेर आएको कन्टेनर समातियो 

Posted on: May 02, 2016 | views: 163

१० चैत, रसुवा । चीनबाट आयात गरिएको सामग्रीसहितको सिलबन्दी मालवाहक कन्टेनरमा अवैध सुन भएको आशङ्कामा संयुक्त सुरक्षा टोलीले कालिकास्थानबाट आज नियन्त्रणमा लिएको छ ।
    जिल्ला प्रहरी कार्यालयका अनुसार भन्सार कार्यालय टिमुरेले सिल गरेको बा ३ ख ५४४५ नं को कन्टेनरभित्र अवैध सुन भएको विशेष सुराकीका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सीमा सुरक्षा बलले नियन्त्रणमा लिएको हो । 

जाँचबाट सही परिणाम आओस् भन्ने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत जानकारी गराईएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रहरी नायब उपरीक्षक दर्शन गिरीले जानकारी दिनुभयो ।

    भन्सार कार्यालयले सिलबन्दी गरेको सो कन्टेनर खोल्न नमिल्ने भएका कारण आवश्यक जाँचबुझ गर्न राजस्व अनुसन्धान विभागमा पठाइएको छ । जाँचबाट सही परिणाम आओस् भन्ने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत जानकारी गराईएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रहरी नायब उपरीक्षक दर्शन गिरीले जानकारी दिनुभयो । कन्टेनर भित्र १० किलो अबैध सुन लुकाएर ल्याएको गोप्य र भरपर्दो सूचना आएको प्रहरीको दाबी छ ।