विवादास्पद काँग्रेस सांसद् सिंहलाई पूर्वप्रधानमन्त्रीको हैसियतमा सरकारी सुविधा !

Posted on: May 03, 2016 | views: 156

काठमाडौं,पुष २० । नेपाली काँग्रेसका विवादास्पद सांसद अमरेश कुमार सिंहलाई सरकारले पूर्वप्रधानमन्त्रीको हैसियतमा सरकारी सुविधा दिएको देखिएको छ । तराईमा जातीय हिंसा भड्काउने प्रयास गरेका सांसद् सिंहलाई गृह मन्त्रालयले सुरक्षा संवेदनशीलता र सार्वजनिक भूमिकालाई ध्यानमा राखी सवारीसाधन उपलब्ध गराएको जानकारी संसद्को सार्वजनिक लेखा समितिलाई दिएको छ । हतियार लिएर आन्दोलनमा उत्रिन कैलालीमा गएर भाषण गरेपछि सिंहको बारेमा काँग्रेसभित्रै विरोध भएको छ । उनलाई पार्टीबाट मात्र हाइन देश निकाला गर्नुपर्ने मा पनि काँग्रेस नेता तथा कार्यकर्ताले गरेपछि उनी केही समय चूप लागेर बसेका थिए । तर, बेला बेलामा भारतीय योजना अनुसार उनी जातिय सद्भाव भड्काउने तरिकाले बोल्न थालेको खबर आजको आर्थिक दैनिकले छापेको छ ।

गृहले लेखा समितिलाई पठाएको पत्रप्रति नेपाली काँग्रेसलगायत सबै दलका सांसदरहरुले आपत्ति जनाएका छन् । काँग्रेस सांसद् रामहरि खतिवडा, राजेन्द्र कुमार केसीलगायतका सांसदहरुले आइतबारको समितिको बैठकमा सांसद् सिंहको सार्वजनिक भूमिकाबारे गम्भिर प्रश्न उठाएका छन् । उनीहरुले सिहंलाई दिएको गाडी सुविधा फिर्ता गर्न वा सबै सांसद्लाई गाडीको सुविधा दिन माग गरेका थिए । सिंहसहित पूर्वप्रधानमन्त्री लाकेन्द्र बहादुर चन्द्र, झलनाथ खनाल, खिलराज रेग्मी र पूर्वगृहमन्त्री वामदेव गौतमलाई गाडी सुविधा दिएको जानकारी गृहले समितिलाई दिएको छ । तर, त्यसमा समितिले चित्त बुझाएको छैन । कसलाई के के सुविधा प्रदान गरिएको छ भन्नेबारे पाँच दिनभित्र विवरण दिन समितिले गृहलाई निर्देशन दिएको छ ।