सामाजिक कार्यमा नेपाल प्रहरी

Posted on: May 02, 2016 | views: 182

पप्पु गुरुङ्, ९ चैत / कञ्चनपुर, दोधारा चाँदनी । स्थानिय संग सहकार्य गर्दै कञ्चनपुरको दोधारा चाँदनीमा नेपाल प्रहरी समाज सेवामा तल्लिन हुदै गरेको छ् । गृह मन्त्रालयको सयुक्त आयोजनामा संचालित सशस्त्र हिंसा न्युनिकरण तथा सामुदायिक सुरक्षा सबलिकरण परियोजना अन्तर्गत संचालित दोधारा चाँदनीको स्थानिय स्तरमा हुने सम्पुर्ण कार्यक्रममा नेपाल प्रहरीले सामाजिक कार्यमा बिगत एक वर्ष देखि सहकार्य गर्दै आएको छ् । दोधारा चाँदनीमा सुरक्षा सम्बन्धित सम्पुर्ण कार्यमा स्थानिय स्तरमा हातेमालो गर्दै आएको छ् । आज नेपाल नेत्र ज्योती संघ गेटा आँखा अस्पताल शाखा महेन्द्रनगरको आयोजना तथा राधा कृष्ण सामाजिक सेवा संस्था दोधारा चाँदनीको सहआयोजनामा संचालित एक दिने आँखा शिविरमा सघाउदै नेपाल प्रहरीका एक महिला जवान ।