इटहरी उपमहानगरपालिकामा साझा पार्टी उम्मेद्धारको चुनाव चिन्ह क्यामरा र सेलरोटी

Posted on: June 20, 2017 | views: 4675

इटहरी ।

इटहरीमा साझा पार्टीको तर्फबाट मेयर र उपमेयर उम्मेद्धार बनेका डा. तारा काफ्ले र प्रकाशचन्द्र परियारले क्रमश म्यामरा र सेलरोटी चुनाव चिन्ह पाएका छन् ।


निर्वाचन आयोगले आज उम्मेद्धार द्धय काफ्ले र परियारलाई स्थानिय तह निर्वाचनको लागि म्यामरा र सेलरोटी चुनाव चिन्ह प्रदान गरेको छ ।


साझा पार्टीले दिएको जानकारी अनुसार उम्मेद्धार द्धयको चुनावचिन्ह क्रमसंख्या २३ मा रहेको छ ।


यसअघि भएको पहिलो चरणको स्थानिय तह निर्वाचनमा काठमाडौं र लतिलपुरबाट उम्मेद्धार बनेका साझा पार्टी समर्थीत उम्मेद्धारले पनि क्यामरा र सेलरोटी चुनाव चिन्ह पाएका थिए ।


साझा पार्टीका तर्फबाट मेयर र उपमेयरमा उम्मेद्धार बनेका डा तारा काफ्ले र प्रकाशचन्द्र परियारले आफ्नो उम्मेद्धारी सफा, खुला, आधुनिक, समृद्ध, हरियालीयुक्त, महिला तथा बालबालिका मैत्री इटहरीका लागि भएको बताएका छन् ।



साझा पार्टीको तर्फबाट इटहरी उपमहानगरपालिकाको मेयरमा उम्मेद्धार बन्नु भएकी डा. तारा काफ्ले प्राध्यापन र समाजसेवामा संलग्न सफल र सक्षम महिला हुनुहुन्छ भने उपमेयर उम्मेद्धार प्रकाशचन्द्र परियार यसअघि पत्रकार तथा मानव अधिकारकर्मीको रुपमा परिचित हुनुहुन्छ भने हाल साझा पार्टीको केन्द्रीय संयोजन समितिको सदस्य समेत हुनुहुन्छ ।


इटहरी उपमहानगर पालिकाका मेयर डा. तारा काफ्ले र उपमेयर उम्मेद्धार प्रकाशचन्द्र परियारबारे जान्न तलको लिंकमा क्लिक गर्नुहोस्

साझा पार्टीबाट ईटहरीको मेयरमा डा. तारा काफ्ले र उपमेयरमा प्रकाशचन्द्र परियारको उम्मेद्धारी