चीनले बैशाखबाट नेपालमा ग्याँस र पेट्रोल खानी पत्ता लगाउने

Posted on: April 30, 2016 | views: 200

९ चैत, काठमाडौं । झन्डै ३६ वर्षको प्रयासपछि नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु हुने भएको छ ।

सन् १९८० को दशकमा मुलुकका विभिन्न १० ठाउँमा पेट्रोलियम पदार्थको सर्भे भए पनि अन्वेषण हुन सकेको थिएन ।

अब चीन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा नेपालका ३ स्थानमा पेट्रोलियम पदार्थको अन्वेषण हुने भएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

नेपालमा पेट्रोलियम पदार्थको अन्वेषणमा सहयोग गर्ने सम्बन्धमा नेपाल र चीनबीच सोमबार सम्झौता भएको छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा दुई मुलुकबीच यस्तो सम्झौता भएको हो ।  यससँगै मुलुकमा पेट्रोलियम पदाथएको अन्वेषणले गति लिने पक्का भएको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बताए ।

नेपालले करिब दुई महिनाअघि पेट्रोलियम अन्वेषणका लागि सहयोग गर्न चीन सरकारसँग आग्रह गरेको थियो । उद्योग मन्त्रालयले काठमाडौंस्थित चिनियाँ दूतावासमार्फत चीनलाई दैलेखको ग्यास खानी र अन्य दुई वटा पेट्रोलियम ब्लकमा अन्वेषण गरिदिन आग्रह गरेको थियो ।

करिब दुई साताअघि चीनले मन्त्रालयलाई पत्राचार गरि पेट्रोलियम अन्वेषणमा आर्थिक एवं प्राविधिक सहयोग गर्न सहमति जनाएको थियो ।