मन्त्रीपोखरेल भन्छन् -'भारतीय नाकाबन्दी अन्त्यगर्नु नै ओली सरकारको ठूलो उपलब्धी '

Posted on: April 30, 2016 | views: 155

८ चैत, भक्तपुर  । 
संस्कृतिपर्यटन तथानागरिक उड्यनमन्त्रीआनन्दपोखरेलले अघिल्लो सरकार दिएको भारतियनाकाबन्दीको उपहार यो सरकारले अन्त्यगर्नु नै सरकारको प्रमुख उपलब्धी भएको बताउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममाउहाँले भुकम्पले थिलो थिलो पारेको अवस्थामा सरकारले अघिल्लो सरकारको उपहार नाकाबन्दीअन्त्यगर्नु प्रमुख उपलब्धी भएको दाबीगर्नु भयो ।
प्रधानमन्त्रीको भारत भ्रमणका समयमा तराई आन्दोलनमत्थर हुने र चीनतर्फ जाँदानाका कडाइ गर्ने मधेशीमोर्चाको नियतीभएको उहाँको टिप्पणी छ ।

नेपाल सरकारको प्रमुखचुनौतीका रुपमा संबिधानकार्यान्वयन , भुकम्पपछिको पूनर्निर्माण, स्थानियनिकायको निर्वाचन, आर्थिकका रुपान्तरण रहेको भन्दै सरकार यीचुनौतिको सामनागर्दै अगाडि बढेको उहाँले बताउनु भयो । उहाँले सरकारले नेपालको पर्यटन प्रबद्र्धनकालागि सन् २०१६ देखि २०२६ सम्मलाई पर्यटन दशकको रुपमाबिकास गर्न लागेको बताउनु भयो ।उहाँले नेपालको माटो जहाँ टेक्यो त्यहिनै पर्यटन क्षेत्र भएको दाबीगर्दै कृषि र पर्यटन नै नेपालको प्रमुखबिकासको आधारभएको बताउनु भयो  ।

नेपालमाआफ्नै लगानीमाबिश्वकै ठूलो बिमानस्थलबारामानिर्माण हुनलागेको भन्दै पर्यटन बिकासकालागिअन्य सानादुई बिमान स्थल समेत निर्माण गर्न लागेको बताउनु भयो । नेपालमाहुनलागेको बुद्ध सम्मेलनमाभारतका र चीनका राष्ट्रप्रमुखका साथै संयुक्त राष्ट्र संघका महासचिवको समेत आगमनहुने उहाँले बताउँदै यो सम्मेलनले बुद्धका बारे जुनभ्रमहरु फलाईएको छ त्यसको अन्त्यहुने दाबीगर्नुभयो ।