चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता

Posted on: May 01, 2016 | views: 177

८ चैत, काठमाडौं । प्रधानमन्त्री ओलीले आज चीनका राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । चीनको ‘ग्रेट हल अफ द पिपल’मा आयोजना हुने स्वागत समारोहमा उनी सरिक हुने छन् ।

साथै चिनियाँ प्रधानमन्त्री लीसँगको वार्तामा पारस्परिह हित र साझा चासोका विषयमा द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीले ‘चइनिज पिपल्स पलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्स’ का अध्यक्ष यु झेङसेसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले रेनमिन विश्वविद्यालयमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।