दोहोरो सुविधा लिँदै अख्तियारकै आयुक्त

Posted on: May 02, 2016 | views: 166

काठमाडौं,पुष  १७ । अख्तियारकी आयुक्त सावित्री थापा गुरुङ आफैँले दोहोरो सरकारी पदमा रहेर कानुनविपरीत कार्य गरेकी छिन् । अख्तियार आयुक्तमा नियुक्तिपछि पनि उनले त्रिभुवन विश्वविद्यालयको जागिर छाडेकी छैनन् । उनले संविधानविपरीत त्रिविबाट काज स्वीकृत गराई आफ्नो पद यथावत् राखेकी छिन् । नेपालको संविधान–०७२ को धारा २३८ को उपधारा ६ को उपदफा ८ मा अख्तियारको प्रमुख आयुक्त तथा आयुक्त भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य नहुने र अन्य सरकारी पदमा बहाल रहन नपाउने व्यवस्था छ ।

त्रिविमा पनि सेवा कायमै
गुरुङ अख्तियारको आयुक्तमा १९ चैत ०७१ मा नियुक्त भएकी थिइन् । त्यतिवेला उनी त्रिविको रत्नराज्य क्याम्पसमा सहप्राध्यापकका रूपमा कार्यरत थिइन् । संविधानअनुसार आयुक्त हुनुअघि उनले अनिवार्य रूपमा पदबाट राजीनामा दिनुपर्ने थियो । तर, गुरुङले आयुक्तमा नियुक्ति भएलगत्तै ६ वैशाख ०७२ मा निवेदन दिएर त्रिवि कार्यकारी परिषद्को २८ जेठ ०७२ बैठकको निर्णय नं २३८९ बाट बेतलबी काज स्वीकृत गराएको स्रोतले बतायो । 
आजको नयाँ पत्रिका दैनिकमा खबर छ–