मन्त्रीको भाषण-'अवैध रुपमा सञ्चालनमा रहेका अस्पताललाई कारबाही हुन्छ'

Posted on: May 02, 2016 | views: 160

६ चैत, भरतपुर ।
स्वास्थ्यमन्त्री रामजनम चौधरीले अवैध रुपमा सञ्चालनमा रहेका अस्पताललाई कारबाही गरिने बताएका छन् ।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री चौधरीले आफैं अवैध रुपमा अस्पताल सञ्चालनमा रहेको बताएका हुन् ।

अवैध रुपमा सञ्चालनमा रहेको थाहा पाउँदा पाउँदै कारवाही गर्न अहिलेसम्म के ले छेकेको नबताएपनि उनले अवैध रुपमा सञ्चालन भएका अस्पताललाई कानूनी दायरामा ल्याउन प्रक्रिया अघि वढाइने र कानूनी दायरामा नआउनेलाई हँदैसम्मको कारबाही गर्ने बताउन भ्याए ।

अर्को फरक प्रशङ्गमा मन्त्री चौधरीले सरकार परिवर्तनको कुरा अहिले मुख्य मुद्दा नभएको धारणा राखे ।