एन्फा नुवाकोटको उपाधि नुवाकोट युनाईटेडलाई 

Posted on: May 01, 2016 | views: 165

६ चैत, नुवाकोट । नुवाकोटको बट्टारमा जारी आठौ नुवाकोट जिल्लास्तरीय एन्फा लिग फुटबलको उपाधि नुवाकोट युनाईटेड फुबटल क्बल बट्टारले जितेको छ । 
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा भएको फाइनलमा बलियो प्रतिद्धन्द्धी थ्रि डि युवा क्बल कोलनीलाई टाइ–बेकरमा ५–३ गोल अन्तरले हराउदै नुवाकोट युनाइटेडले उपाधि चमेको हो । निर्धारित समय ८० मिनेट र अतिरिक्त १५ मिनेटमा पनि दुवै तर्फबाट गोल नभएपछि पेनाल्टी मार्फत निकालेको नतिजामा नुवाकोट युनाइटेड बिजयी भएको हो । 

नुवाकोट युनाईटेडलाई बिजयी गराउन गोविन्द्र रिमाल, पृथ्वीनरसिंह प्याकुरेल, देवचन थापा, सोनाम शेर्पा र विकास गौचनाले पेनाल्टीमा गोल गर्नुभएको हो । थ्रि डि को तर्फबाट अमित तामाङ, लुकास तामाङ र धनबहादुर तामाङले गोल गर्नुभएको हो ।
प्रतियोगितामा पहिलो भएको नुवाकोट युनाईटेडले नगद ३० हजार र  दोश्रो भएको थ्रि डिले नगद १५ हजार रुपैयाँ सहित शिल्ड र प्रमाणपत्र पाएको छ ।
 
यस्तै, प्रतियोगितमा नुवाकोट युनाईटेडका अमित तामाङ उत्कृष्ठ खेलाडी, उदयमान खेलाडी थ्रि डि युवा क्बलका अमित तामाङ, उत्कष्ठ गोल रक्षक नुवाकोट युनाइटेडका भवन कार्की घोषित भएका छन् ।

 यस्तै, सर्वाधिक गोलकर्ताहरुमा समान ६ गोल गरेपछि वल्ड इज गोल्डका उचित लामा र गणेशस्थान मालाकोट युवा क्लबका सुदिप गौचनलाई प्रदान गरिएको आयोजक एन्फा नुवाकोटका महासचिव विष्णुप्रसाद चालिसेले जानकारी दिनुभएको छ ।

आठौ नुवाकोट जिल्लास्तरीय एन्फा लिग फुटबलको समापनको अवशरमा नुवाकोटको घ्याङफेदीमा जन्मेर बङ्गलादेशमा सम्पन्न भएको बङबन्धु गोल्डकपमा सहभागी भएर नेपाललाई पहिलो स्थानमा बिजयी गराउन महत्वपूर्ण भूमिका खेल्नुभएका फुटबल खेलाडी जाङ्बु शेर्पालाई सम्मान गरिएको छ । शेर्पालाई आठौ नुवाकोट जिल्लास्तरीय एन्फा लिग फुटबलको समापनको प्रमुख अतिथी विदुर नगरपालिकाको कार्यकारी अधिृकत प्रेमकुमार रसाइलीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । 

आठौ नुवाकोट जिल्लास्तरीय एन्फा लिग फुटबलको समापनमा  जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्धि प्रधान, पूर्व अध्यक्ष राम थापा, एन्फाका केन्द्रीय सदस्य पुणमान चित्रकार, एन्फा नुवाकोट अध्यक्ष दिपक चित्रकार लगायतको उपस्थिती रहेको थियो ।