जबर्जस्ती बिहे ; बेहुलाको अपहरण गरेर !

Posted on: May 29, 2017 | views: 354

१५ जेठ, काठमाडौं । बेहुलीको एकतर्फी प्रेमको यो हदले आम सर्बसाधारणलाई आश्चर्यचकित बनाएको छ । बेहुलालाई अपहरण गरेर उसैसँग जबर्जस्ती बिहे ! 

भारत बिहारको मुजफ्फरपुर जिल्लाको घटना हो । त्यहाँ केटी पक्षले केटालाई अपहरण गरेर जबर्जस्ती बिहे गराइदिएको घटना सार्बजनिक भएको छ । यस घटनामा संलग्न भएको आरोपमा प्रहरीले बेहुलीसहित चार जनालाई पक्राउ गरेको छ ।

मुजफ्फरपुरको मैठी गाउँको कुनकुन सिंहको छोरा अभिनवको बिहे गायघाट गाउँको पछियारी टोलका नन्दकिशोर सिंहकी छोरी जुली सिंहसँग हुँदै थियो । यसबीच केटा अपहरण परेको सूचना सार्बजनिक भएपछि प्रहरीले बेहुलीको घरमा छापा मार्‍यो । सो क्रममा बेहुली पक्ष र प्रहरीबीच झडप भयो ।

प्रहरीले बेहुली जुली, उनकी बहिनीसमेत गरी बेहुली पक्षका चार जनालाई पक्राउ गरेको छ । जुली हाल प्रहरीको न्यायिक हिरासतमा छिन् र मुजफ्फरपुर जिल्लाको सदर अस्पतालमा उनको उपचार भइरहेको छ ।

बीबीसीसँग कुराकानी गर्दै जुलीले बिहेको बेला बेहुला पक्षका कोही पनि त्यहाँ उपस्थित नभएको स्वीकार गरेकी छन् ।