६ चैत, काठमाडौं ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले काठमाडौंमा सरसफाईमा अभियान थालेको छ । उपत्यका केन्द्रित ‘क्लिन काठमाडौं, ग्रिन काठमाडौं’ नाम दिदै पशुपति क्षेत्रवाट अभियान सुरु गरेको हो । संयोजक भट्टराईले शनिबार बिहान पशुपति क्षेत्रमा सरसफाई कार्यक्रमको उद्घाटन र सरसफाईमा सहभागी भई अभियानको थालनी गरेका छन्।
यो अभियान काठमाडौं उपत्यकामा २४ सातासम्म चल्नेछ । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं उपत्यकाका सबै क्षेत्रहरुमा सरसफाई अभियान चल्ने नयाँ शक्ति पार्टीले जनाएको छ।