सर्व साधारणलाई दु:ख दिने परिपाटीको अन्त्य गर्ने कुरामा सहमती

Posted on: May 02, 2016 | views: 177

पप्पु गुरुङ्, ६ चैत्र, दोधारा चाँदनी ।

नेपाल र भारत दुवै देशका सिमामा कार्यरत सुरक्षा निकायका सुरक्षाकर्मीहरु बिचको समन्वय बैठक एक समारोह बिच हिजो भारतिय  सिमा सुरक्षा बल एसएसबी क्याम्प, शारदापुरी खजुरिया, लखीमपुर भारतमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र युएनडीपीको संयुक्त पहलमा सञ्चालित “सशस्त्र हिंसा न्युनिकरण तथा सामुदायिक सुरक्षा सवलिकरण परियोजना” अन्तर्गत गठित कलस्ट्रर स्तरिय सामुदायिक सुरक्षा समिति बेलौरीको आयोजनामा सिमा स्थानिय सुरक्षा समन्वय बैठक सम्पन्न भएको हो ।

खुल्ला सिमानाका कारण हुने अपराधिक गतिविधि, गाँजा चरेश तथा लागु औषधको ओसार पसार, मानव बेचबिखन, बालबालिकाको ओसार पसार तथा साना हातहतियारको नियन्त्रणका लागि सहकार्य गर्ने उद्धेश्यले बैठकको आयोजना गरिएको “सशस्त्र हिंसा न्युनिकरण तथा सामुदायिक सुरक्षा सवलिकरण परियोजना” का सामुदायिक सुरक्षा सहजकर्ता बीरबहादुर नेपालीले बताएका छन् ।

दुवै देशका सिमाका सुरक्षाकर्मीहरु सिमा अपराध, लागु औषधको ओसार पसार, मानव/चेलीबेटी बेचबिखन, बालबालिकाको ओसार पसार तथा साना हातहतियारको ओसार पसार, तस्करीलाई कडाईका साथ नियन्त्रण गर्ने, सिमामा सुरक्षा जाँच ब्यवस्थित गर्ने, सर्व साधारणलाई दु:ख दिने परिपाटीको अन्त्य गर्ने कुरामा सहमती भएका छन । सिमा सामुदायिक सुरक्षालाई अझ मजवुद बनाउनका लागि हरेक १५ दिनमा सिमाका सुरक्षाकर्मी बिच समन्वय बैठक र दश गजा क्षेत्रमा सामुहिक गस्ति गर्ने सहमति भएको सामुदायिक सुरक्षा सहजकर्ता बीर बहादुर नेपालीले बताएका छन ।

नेपालका तर्फबाट उक्त बैठकमा कलस्ट्रर स्तरिय साुदायिक सुरक्षा समिति बेलौरीका संयोजक तथा ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरिक्षक भरत बहादुर चौधरी, प्रहरी चौकी फटिया ईन्चार्ज प्रहरी सहायक निरिक्षक करन सिह धामी, प्रहरी चौकी पचुईका ईन्चार्ज प्रहरी सहायक निरिक्षक रघुनाथ ओझा, प्रहरी चौकी टेडुवाका ईन्चार्ज प्रहरी सहायक निरिक्षक यदु बहादुर देउवा, सामुदायिक सुरक्षा सहजकर्ताद्धय बीरबहादुर नेपाली र अमिर तिरुवा लगायत सामुदायिक सुरक्षा समितिका पदाधिकारीहरुको सहभागिता रहेका थियो ।

त्यसै गरी भारतिय पक्षबाट भारतिय सिमा बल एसएसबी क्याम्प, शारदापुरी का ईन्चार्ज सव ईन्सपेक्टर राम निवास, सहायक सव ईन्सपेक्टर ठाकुर दास, हेड कन्सटेवल कैलास चन्द, प्रहरी थाना खजुरियाका ईन्चार्ज सव ईन्सपेक्टर जय प्रकास, सम्पुर्णा नगर थानाका प्रमुख तपेश्वर सागर, हजारा पुलिस स्टेसनका सिनियर अफिसर ईन्द्र कुमार, एसएसवि क्याम्प कमलापुरीका ईन्चार्ज भेदराम ठाकुर लगायतको बैठकमा सहभागिता रहेको सामुदायिक सुरक्षा सहजकर्ता बिर बहादुर नेपालीले जानकारी दिनु भयो ।