एमालेमा भोट हाल्नेलाई ‘डाइट्’–खसीको मासु र खाना, एक बोत्तल बियर, एक प्लेट सुकुटी

Posted on: May 18, 2017 | views: 1298

काठमाडौं,जेठ ४ । नेकपा एमालेले देशभर चुनावी नतिजामा अन्य दललाई पछि पारिरहेको छ । त्यसो त नेपालका राजनीतिक दलहरुले चुनावी एजेण्डाका आधारमा चुनाव जितेका छैनन् । चुनावमा ‘मनि र मसल’को खुब प्रयोग हुने गरेको जगजाहेर छ । नेकपा एमालेले पनि चुनाव जित्नका लागि जनतालाई भौतिक कुराहरुमा विकाएको प्रमाण भेटिएको छ । पोखरा नगर कमिटिले एउटा भोटरलाई मटन खाना, एक बोत्तल बियर र सुकुटी खुवाएको कुपन भेटिएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा यस्तो कुपन भाइरल बनेको छ । फेसबुकमा भेटिएको यस्तो कुपन बारे एमाले नेताहरुले जवाफ दिएका छैनन् । यद्धपी माओवादी नेता कार्यकर्ताले भने तिब्र रुपमा प्रचार प्रसार गरेका छन् ।