यस्ता निर्णय भए सार्क परराष्ट्र मन्त्रिस्तरीय बैठकमा

Posted on: May 03, 2016 | views: 216

५ चैत, पोखरा ।
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन 'सार्क' को आगामी शिखरसम्मेलन पाकिस्तानको इस्लामावादमा आउदो नोभेम्वर ९ र १० मा गर्ने निर्णय गर्दै सार्क परराष्ट्र मन्त्रिस्तरीय बैठक सम्पन्न भएको छ ।

पोखरामा आयोजित सार्क परराष्ट्र मन्त्रिस्तरीय बैठकले प्रत्येक २ वर्षको नोभेम्बर महिनामै  सार्क शिखर सम्मेलनको आयोजना गर्ने निर्णय गरेको बैठक पछी उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उपप्रधान तथा परराष्ट्मन्त्री थापाले आगामी दिनमा सार्कलाई शसक्त ढङले अगाडी वढाउने निर्णय भएको वताउनुभयो ।

 उपप्रधान तथा परराष्ट्रमन्त्री थापाले  सार्क क्षेत्रको मुख्य चुनौती गरिबी रहेकोले त्यसको अन्त्यका लागि सार्क राष्टले पनि मिलेर गरिबीको निर्मुल पार्नु पर्नेमा बैठकले जोड दिएको वताउनुभयो ।