प्रधानमन्त्री ओली-मोदीबीच फेरि टेलिफोन वार्ता

Posted on: May 02, 2016 | views: 197

काठमाडौं,पुष १६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  विहिवार पुनः टेलिफोन वार्ता भएको छ । दुई दिने कार्यक्रमका लागि झापामा रहेको ओलीसँग मोदीले फोन गर्दै पछिल्लो राजनीतिक अवस्थाका बारेमा बुझेको प्रधानमन्त्रीका  प्रेस सल्लाहाकार प्रमोद अधिकारीले बताए। नाकाबन्दीपछिमोदीसँग भएको यो तेस्रो टेलिफोन वार्ता हो । टेलिफोन वार्ता मधेसमा जारी आन्दोलन र नेपाल भारत नाकामा भैरहेको अवरोधको बारेका कुरा भएको जनाईएको छ ।