भारतीय प्रजातन्त्र । सैनिक दमनको बिरोध हुनथालेपछि कश्मीरमा सामाजिक सञ्जाल प्रतिबन्ध

Posted on: April 27, 2017 | views: 261

एजेन्सी ।

भारतीय सेनाले कश्मीरमा सर्वसाधारण जनतालाई सैनिक गाडीमा बाँधेर मानव ढाल बनाएको भिडियो सार्वजनिक भएपछि भड्कीएको जनबिरोध नियन्त्रण गर्न नसकेको भारतीय सरकारले सो क्षेत्रमा सामाजिक सञ्जाल प्रयोगमा प्रतिवन्ध लगाएको छ ।


स्वतन्त्र कश्मीरको माग गर्दै आएका काश्मीरि जनतालाई सैनिक बलमा दबाउँदै आएको भारतीय सरकारले जनबिरोध खप्न नसकेपछि सामाजिक सञ्जाल माथि प्रतिबन्ध लगाएको हो ।


भारत प्रशासित कश्मीरमा बुधबारबाट १६ वटा सामाजिक सञ्जाल माथि प्रतिबन्ध लगाइएको छ ।


प्रतिबन्ध गरिएका सामाजिक सञ्जालहरुमा फेसबुक, ट्विटर देखी ह्वाट्सऐप र गुगलप्लस आदि छन् ।


कश्मीर सरकारको गृहविभागले यो निर्णय जनहितका लागि गरिएको जिकिर गरेको छ ।


भारत प्रशासित कश्मीर यसै महिनाको सुरुमा भएको उपचुनावका बेला भएका हिंसात्मक घटनाहरूपछि निकै अशान्त बनेको छ ।


कश्मीरमा विद्यालयका छात्रछात्रासमेत विरोधमा उत्रिन थालेपछि सरकारलाई जनबिरोधको सामना गर्न हम्मे हम्मे परिरहेको छ ।


अन्र्तराष्टिय समाचार संस्थाहरुका अुनसार विरोध प्रदर्शनको डरले शिक्षण संस्थाहरू सरकारले बन्द गराइदिएको छ ।

सामाजिक सञ्जालहरु मार्फत भारत सरकार र सुरक्षाबलको चर्को बिरोध हुन थालेपछि प्रहरीले समस्या समाधानको साटो सोसल नेटवर्किङ साइटमाथि नै प्रतिबन्ध लगाएको हो ।


दुई साता अघि मात्र भएको कश्मीर चुनावमा जम्मा ७ प्रतिशत मतदान भएको थियो । तर भारतले यसलाई समेत बैधानिकता दिएको छ । भारतले गराएको कश्मीर निर्वाचन आफुहरुमाथि शासन लाद्न गरिएको अध्यास भन्दै कश्मीरमा भारतीय सरकार र सेनाको चर्को बिरोध हुँदै आएको छ ।


स्मरणीय छ नेपालमा ९१ प्रतिशत जनप्रतिनिधिले बनाएको संविधान समावेशी नभएको भन्दै बिरोध र हस्तक्षेप गर्दै आएको भारतले काश्मिरमा गर्दै आएको सैनिक दमन र नेपाली भाषिहरुले माग्दै आएको गोर्खाल्याण्ड मागको दशकौंको लडाईलाई अनेक बहाना र हस्तक्षेप गरेर रोक्दै आएको छ ।