उत्तर कोरिया बिवाद युद्धको संघारमा, अमेरिकी युद्ध पनडुब्बी पुग्यो, युद्धपोत पुग्दै

Posted on: April 25, 2017 | views: 3939

एजेन्सी ।

उत्तर कोरियासँग युद्धको सम्भावनालाई बढाउँदै अमेरिकाले पहिलो पटक दोस्रो विश्व युद्धपछि आफ्नो पनडुब्बी सिमा क्षेत्रमा पठाएको छ ।


उत्तर कोरियाले आज आफ्नो सेना स्थापनाको ८५ औं बर्ष मनाइरहेको बेला नयाँ क्षेप्यास्त्र परीक्षण गर्ने आशंका गरिरहेको बेलामा अमेरिकी पनडुब्बी दक्षिण कोरिया पुगेको छ ।


युएसएस मिशिगन नाम गरेको उक्त पनडुब्बी कोरियाली प्रायद्वीपमा पहिलो पटक पुगेको हो ।


यसअघि उत्तर कोरिया र दक्षिण कोरियाबिच भएका युद्ध र गोली हानाहानको अवस्थामा समेत नपठाएको युद्ध पनडुब्बी अमेरिकाले पठाएको हो ।




यसैगरि अमेरिकाबाट पठाइएको अर्को युद्ध बिमानहरु समेत राख्न सक्ने कार्ल भिन्सन युद्धपोतसँग मिसिनेगरि यो पठाइएको बताइएको छ ।

उत्त युद्धपोतहरु अमेरिकाबाट गत हप्तानै हिँडेपनि कहाँ पुग्यो भन्ने जिज्ञासा जागिरहँदा अमेरिकाले अर्को युद्ध पनडुब्बी पठाएको हो ।


दक्षिण कोरियाली सैन्य अधिकारीहरुले उत्तर कोरियामा तत्काल कुनै अस्वाभाविक युद्धका गतिविधि नदेखिएको बताएपनि उत्तर कोरियाले सक्कली बम आक्रमण सहितको युद्ध अभ्यास गरिरहेको बताएको छ ।


उत्तर कोरियाले सक्कली गोलीबारुदको प्रयोग गरेर वोनसान शहर वरपर ठूलोस्तरको सैन्य अभ्यास गरिरहेको समाचारमा जनाइएको छ ।



उत्तर कोरियाले यसअघि अप्रिल १६ तारिखका दिन एक ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । तर क्षेप्यास्त्र भने केही समयमै जमिनमा खस्न पुगेको थियो ।


यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वाभाविक रुपमा अमेरिकी सिनेटलाई उत्तर कोरियाबारे गम्भिर छलफलको लागि भन्दै बुधाबार ह्वाइट हाउसमा डाकेका छन् ।

सामान्यतया  केही सिनेटरहरुसँग मात्र गम्भिर विषयमा छलफल गर्दै आएको ह्वाइट हाउसले सबै सिनेटरलाई डाकेपछि उत्तर कोरिया सिमा क्षेत्रमा युद्धपोत खटाउँदै आक्रमणको चेतावनी दिइरहेको अमेरिकाले गम्भिर निर्णय लिन सक्ने र कुनैपनि बेला कोरिया प्रायद्धिमा युद्ध हुनसक्ने सम्भावना बढेर गएको छ ।



यसअघि हिजो मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चिनियाँ राष्ट्रपति सिजिन पिगं बिच टेलिफोन बार्ता भएको थियो ।


टेलिफोन बार्तामा चिनियाँ राष्ट्रपतिले ट्रम्पलाई कोरिया प्रायद्धिपमा युद्ध भड्काउने गतिविधि नगर्न भन्दै सबै पक्ष गम्भिर बन्न र संयमता अपनाउन भनेको खवरहरु बाहिर आएका छन् ।


चीनले कोरिया प्रायद्धिपमा युद्धको संभावना बढेको भन्दै आन्तरिक सुरक्षा र सो क्षेत्रको अनुगमनको लागि सिमा क्षेत्रमा २ लाख शसस्त्र बल खटाएको र युद्धपोतहरुलाई समेत हाइ अलर्ट अवस्थामा राखेको बताइएको छ ।



यसैबिच दक्षिण कोरिया, जापान र अमेरिकी सुरक्षा अधिकारीहरुले जापानमा संयुक्त छलफल गरि उत्तर कोरिया बिरुद्धको कारवाहीको लागि तीनै देश एकबद्ध र प्रतिवद्ध रहेको भन्दै उत्तरलाई उत्तेजक गतिविधि नगर्न चेतावनी दिएका छन् ।

यता जापान सरकारले प्रधानमन्त्री कार्यालयको वेवसाइटमै राखेर उत्तर कोरियाले कुनैपनि बेला युद्धको अवस्था सिर्जना भएमा क्षेप्यास्त्र आक्रमण गर्न सक्ने ठान्दै घर भित्र र बाहिर रहँदा अपनाउनुपर्ने सुरक्षाका बारेमा तस्विर सहितको सूचनाहरु जारि गरेको छ । जसका कारण जापानभित्र समेत कोरियन प्रायद्धिपमा कुनैपनि बेला ठूलो स्तरको युद्ध हुनसक्ने अडकल बाजीहरु हुन थालेका छन् ।


जापानी टेलिभिजनहरुले समेत दैनिक घण्टौं युद्ध भएको अवस्थामा हुनसक्ने क्षति तथा उत्तर कोरियाको सैन्य क्षमता, अमेरिकाले खटाएको युद्धपोत अनि जापानमा रहेका अमेरिकी सैन्य अखडाले गर्न सक्ने कारवाही र जापानले अपनाउनुपर्ने रणनीतिका बारेमा समाचार र छलफल दिने गरेको छ ।


यस्तै दक्षिण कोरियामा समेत सन् २०१५ मा कोरिया प्रायद्धिपमा उत्तर र दक्षिण बिच गोली हानाहान सम्मको अवस्था सिर्जना भएपछि युद्धहुने भन्दै बढेको भयजस्तै स्तरको त्रास जनमानसमा फैलिएको बताइएको छ ।


उत्तर कोरियाबाट नजिक रहेको दक्षिण कोरियाको राजधानी सोलमा उत्तरले प्रहार गर्ने छोटो दूरिका मिसाइलसमेत पुग्ने बताइन्छ । जसका कारण कोरियाली प्रायद्धिपको पहिलो शिकार दक्षिण कोरिया हुने ठानिन्छ ।


यस्तै उत्तर कोरियासँग लामो दूरिका समेत केही व्यालेस्टिक क्षेप्यास्त्र रहेको र यसले जापानको समेत कुनैपनि भूभागसम्म आइपुग्न सक्ने सामथ्र्य राख्ने विश्वास गरिएको छ ।




अमेरिका भने उत्तर कोरियाले विकास गरिहेकोक्षेप्यास्त्रसँगै आणविक विस्तारका क्रममा अमेरिकासम्मै मार हान्न सक्ने क्षेप्यास्त्र उत्तरले बनाउने डरले उसमाथि दबाव दिंदै आइरहेको छ ।


अमेरिकाले उत्तर कोरियाले आणविक परिक्षण र क्षेप्यास्त्र परिक्षण रोकेर शान्तिपूर्ण अवस्थामा आए सबै सहयोग गर्नसक्ने बताउँदै आएको छ ।

तर अमेरिकी सर्तको ठाडो अस्विकार गर्दै आएको उत्तरमाथि अमेरिकाकै दबावमा दर्जनौं कडा आर्थिक नाकाबन्दी संयुक्त राष्टसंघले लगाएपछि उत्तर चिढिंदै आणविक परिक्षणसँगै नयाँ मिसाइल परिक्षण र सैन्य क्षमता विस्तारमा लागि पर्दै आएको छ ।


जापानद्धारा क्षेप्यास्त्र खसेमा सुरक्षित रहने उपायबारे सूचना जारि (विस्तृतमा, सक्दो सेयर गरौं)