पार्टी प्रवक्तामा गगन र प्रकाश शरण, देउवाको नजरमा को ?

Posted on: May 01, 2016 | views: 468

काठमाडौं,चैत ३ । नेपाली कांग्रेस पार्टी प्रवक्ता महाधिवेशनमा महामन्त्रीमा पराजित भएका कांग्रेस युवा नेता गगन थापा र देउवा निकट मानिने नेता प्रकाश शरण महतको नाम  चर्चामा रहेको छ । सभापति शेर  बहादुर देउवाले पार्टीको प्रवत्ता बनाउने तयारी गरेका छन् । आजदेखि कार्यभार सम्हाल्न लागेका नवनिर्वाचित सभापति देउवाले गगनलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नुका साथै पार्टी प्रवक्ताको जिम्मेवारी दिने तयारी गरेसँगै नेता महतको नामपनि चर्चामा आएको हो । 

विपी पुत्र शशांक कोइराला र ससुरा अर्जुन नरसिंह केसीसँगै चुनावी मैदानमा उत्रिएका महामन्त्रीमा पराजित भएका गगन थापा क्षमता भएता पनि अवशरबाट बञ्चित भएका बेला देउवाले यस्तो प्रस्ताव गरेको स्रोतले दाबी गरेको छ । तर देउवा पक्ष भने गगानलाई सजिलै प्रवक्तमा छोड्न तयार देखिएको छैन् । पार्टी सभापति देउवाले गगन सहित ७ जनालाई आजै केन्द्रीय सदस्यमा नियुक्ति गर्दैछन् ।