नेपालमा शिर्ष नेता हत्या योजना सहित चीनसँग सम्झौता हुन नदिन भारतको चलखेल

Posted on: May 01, 2016 | views: 556

३ चैत, काठमाडौं ।
भारतीय शासक यतिखेर नेपाल र नेपाली जनतालाई झुकाउन मरिहत्ते गरेर लागेको छ । नेपालका मुख्य दलका मुख्य मुख्य नेताका हत्या गर्ने योजनासमेत भारतीय शासकले बनाएको स्रोतहरूले दावी गरेका छन् ।

नेपालका नेताहरूलाई थ्रेट बढेपछि फागुन २१ बाट काठमाडौंमा भीआईपीहरूको सुरक्षार्थ कमान्डो परिचालित गरिएको छ । नेपालमा नेताहरूको हत्या गराएर भारत केपी ओलीको आसन्न भ्रमण रद्द गराउन चाहन्छ ।

त्यसैले भारत यतिखेर हात धोएर नेपाल र नेपाली जनताका विरुद्ध लागेको छ । भारतीय विदेशसचिव जयशंकरले मेधेसी मोर्चाको नेताहरूलाई राज्यका विरुद्ध संघर्ष गर्ने दिएको दिनिर्देशन निकै संवेदनशील रहेको छ । मोदीको खतरानाक ७ बुँदे प्रस्ताव लिएर नेपाल आएका भारतीय सुरक्षा सल्लाहकार अजित डोभल गुप्त रूपमा भेटभाट गरिरहेका छन् ।

कांगे्रसको १३ औं महाविशेनको समाप्तिसँगै नोपाल राजनीतिमा नयाँ परिस्थितिको सिर्जना हुँदै गएको छ ।

ष्mबनभकअजित डोभल सिक्किम विलयका योजनाकार हुन् । उनी खालिस्तान दमनका संयोजक पनि थिए । लामो समय पाकिस्तान बसेका डोभल एसियाकै खुँखार षड्यन्त्रकारी मानिन्छन् ।

उनी निरन्तर रणनीतिक महत्व राख्ने राजनीतिक चालबाजी गरिरहने मानिसका रूपमा आफूलाई परिचित गराएका मानिस हुन् ।

डोभलले एकैपटक काठमाडौं र बेइजिङको हवाई टिकट लिएर नेपाल आएका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङ जानुभन्दा अगाडि नै उनी त्यहाँ पुगेर त्रिदेशीय र त्रिपक्षीय भूमिका निर्वाह गर्ने चाहेका छन् ।

यसको मुख्य उद्देश्य केपी ओलीको आसन्न चीन भ्रमण असफल पार्नु हो । भारत कुनै पनि हालतमा ओलीको चीन भ्रमण सफल भएको देख्न चाहन्न । नेपालमा राजनीतिक अस्थीरता उसको भित्री आकांक्षा हो ।

नेपाली जनतालाई सरकारका विरुद्ध सडकमा उतारेर सरकार फर्ने तथा आफ्ना सन्धि सम्झौताका विषयमा नेपाललाई झुकाउन नसककोमा भारत निकै चिन्तित रहेको बताइन्छ । नेपालका मिडियाहरूलाई भने भारतले यसपटक केही हदसम्म प्रयोग गर्न सफल रह्यो ।

यसकारण ऊ कुनै पनि हालतमा नेपाललाई आफ्नो अधीन राखिराख्न चाहन्छ । नेपालका कतिपय राजनीतिक दलहरूका कारण ऊ अहिले पनि विभिन्न षड्यन्त्र गरिरहेको छ ।

बेइजिङसित विशेष सम्बन्ध राखेका प्रचण्डले केपी ओलीजस्ता दक्षिणपरस्त मानिसलाई उत्तरतिर फर्काउन सक्लान् भनेर सायद कसैले पनि सोचेका थिएनन् तर नेपालमा त्यही भइरहेको छ । राजनीतिमा सबै कुराको सम्भावना हुन्छ भनेको सायद यसै भएर होला ।

केपी ओलीले एमाओवादीसित एमालेको पार्टी एकताको प्रस्ताव गर्नु र प्रचण्डले बेला–बेलामा एमालेसित पनि पार्टी एकता हुन सक्छ भन्नु उहाँहरूको आफ्नो कुरा नभएर चिनियाँ कार्ड बोलेको हो । नेपालमा सैनिक कू पनि हुन सक्छ भन्ने बहस र नेपाली सेनाको वक्तव्य निकै अथैपूर्ण रहेको मानिन्छ ।

कांगेसको महाधिवेशनको उद्घाटन कार्यक्रममा प्रचण्डले नाकाबन्दीका विरुद्ध सार्वजनिक रूपमा बोलेर आफू उत्तरतिर फर्किसकेको जनाउ दिएका हुन् । सकेसम्म नेपालका वामपन्थीहरूका बीचमा एकता र त्यसो हुन नसके माओवादी धाराहरूका बीचमा एकता चिनियाँको रुची सार्वजनिक भइसकेको विषय हो ।

जे होस्, नेपाल क्रमशः उत्तरतिर ढल्केको छ । स्मरणीय छ कि दक्षिणका देश र जनताभन्दा उत्तरका देश र जनतालाई असल ठान्ने नेपाली परम्परा रहँदै आएको छ ।

समरसिंह शर्मा जनपाटीबाट साभार