राजा राख्ने कुरामा दुई राप्रपाको कुरा मिलेन

Posted on: April 30, 2016 | views: 216

३ चैत, काठमाडौं ।
दुई राप्रपाबीच एकीकरणका लागि मंगलबार दोस्रो चरणको वार्ता भएको छ । दुवै पार्टीका तर्फबाट बनेका वार्ता समितिको बैठक राप्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको थियो ।

बैठकमा दुवैले आ-आफ्ना पार्टीका एजेन्डा राखेका थिए । कान्तिपुर दैनिकमा समाचार छ।
 
संसदमा २५ सिट भएको राप्रपा नेपाल र १२ सिटको राप्रपाबीच एकीकरणका लागि समिति बनेका हुन् ।

बैठकमा राप्रपा नेपालका तर्फबाट सहभागी नेताले संवैधानिक राजतन्त्रलाई मान्यता दिएर एकीकरण गरिनुपर्ने तर्क राखेका थिए ।