हत्यारा भारतीय सुरक्षाकर्मी ज्यादती विरुद्ध सीमा नाकामा प्रदर्शन

Posted on: March 10, 2017 | views: 546
२७ फागुन, कैलाली । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर नेपालीको मृत्यु भएको विरोधमा कैलाली र कञ्चनपुरमा व्यापक बिरोध प्रदर्शन भइरहेको छ । कैलाली सदरमुकाम धनगढीबाट राष्ट्रिय झण्डा सहित सीमा नाका त्रिनगर पुगेका स्थानीयबासीले भारतीय ज्यादतीबिरुद्ध प्रदर्शन गरिरहेका छन् । नाका क्षेत्रमा प्रहरीले लगाएको कााडेतार छिचोल्दै गौरिफान्टा नाका प्रबेश गर्न लागेका आक्रोशित नेपालीहरुलाई प्रहरीले नाकाको ढाट नजिकै रोकेको छ । उनीहरुले भारतको ज्यादतीबिरुद्ध कारबाही नगरेको भन्दै नेपाली सुरक्षाकर्मीको पनि बिरोध गरेका छन् । कञ्चनपुरको आनन्दबजारमा पनि बिहानैदेखि नेपालीहरुले प्रदर्शन गरिरहेका छन् । उनीहरुले हिजो सााझ एक भारतीय ट्याक्टरमा आगजनीसमेत गरेका थिए । सम्भावित दुर्घटना रोक्न सीमाक्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सीमा विवाद उत्कर्षमा पुगेपछि अहिले कैलाली र कञ्चनपुरका सबै सीमानाका बन्द गरिएको छ । कैलाली र कञ्चनपुरमा ३ र ३ वटा सीमानाका छन् । कञ्चनपुरको आनन्दबजारमा भारतीय हस्तक्षेपको विरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एक नेपाली गोविन्द गौतमको मृत्यु भएको थियो । २७ फागुन, कैलाली । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर नेपालीको मृत्यु भएको विरोधमा कैलाली र कञ्चनपुरमा व्यापक बिरोध प्रदर्शन भइरहेको छ । कैलाली सदरमुकाम धनगढीबाट राष्ट्रिय झण्डा सहित सीमा नाका त्रिनगर पुगेका स्थानीयबासीले भारतीय ज्यादतीबिरुद्ध प्रदर्शन गरिरहेका छन् । नाका क्षेत्रमा प्रहरीले लगाएको कााडेतार छिचोल्दै गौरिफान्टा नाका प्रबेश गर्न लागेका आक्रोशित नेपालीहरुलाई प्रहरीले नाकाको ढाट नजिकै रोकेको छ । उनीहरुले भारतको ज्यादतीबिरुद्ध कारबाही नगरेको भन्दै नेपाली सुरक्षाकर्मीको पनि बिरोध गरेका छन् । कञ्चनपुरको आनन्दबजारमा पनि बिहानैदेखि नेपालीहरुले प्रदर्शन गरिरहेका छन् । उनीहरुले हिजो सााझ एक भारतीय ट्याक्टरमा आगजनीसमेत गरेका थिए । सम्भावित दुर्घटना रोक्न सीमाक्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सीमा विवाद उत्कर्षमा पुगेपछि अहिले कैलाली र कञ्चनपुरका सबै सीमानाका बन्द गरिएको छ । कैलाली र कञ्चनपुरमा ३ र ३ वटा सीमानाका छन् । कञ्चनपुरको आनन्दबजारमा भारतीय हस्तक्षेपको विरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एक नेपाली गोविन्द गौतमको मृत्यु भएको थियो ।