कांग्रेसको नीति नै उल्टो,गगन र अर्जुननरसिंहलाई सजाय,भ्रष्ट्राचारी खुमबहादुरलाई पुरस्कार

Posted on: May 02, 2016 | views: 2605

समाचार टिप्पणी-काठमाडौं, चैत १ । भ्रष्टाचारी ठहर भएका पूर्व मन्त्री तथा काँग्रेस नेता खुमबहादुर खड्का नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यमा  १८४६ मत ल्याई विजयी भएका छन् । संस्थापनसँग बर्गेनिङ्ग नमिलेपछि सिटौला हुदै देउवापक्षमा पुगेर खुलेर चुनावी मैदानमा उत्रिएका खड्का संस्थापनका डा। शेखर कोइरालासँग २ मतले पछि पर्दै नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यमा दोस्रो प्रभावशाली नेता बन्न पुगे ।

पदमा रहदा पदको दुरुपयोग गरि भ्रष्टाचार गरेको ठहर गर्दै खड्कालाई ३० साउन २०६९ मा सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गर्दै डेढ बर्ष कैद र ९४ लाख ७४ हजार १२२ रुपैयाँ जरिवाना र त्यति नै बिगो भराउने  फैसला गरेको थियो । जरीवानाको फैसला सुनाईका खड्का अन्तत कांग्रेममा उनको पहुँच भने उस्तै रह्यो ।
कांग्रेसको राजनीति  शक्ति र पैसाको

नेपाली कांग्रेसले महाधिवेशवाट आफ्नो राजनितिक प्रष्ट पारिसकेको छ । राजनीति  शक्ति र पैसाको आडमा रहने प्रष्ट भएको छ ।  लोकतन्त्रको पारदर्शी मैदानबाट खुलेयाम भष्ट्राचारीलाई सघाउने विवेकहिन कांग्रेसको यो चुनावी परिणामले कांग्रेसको विगत र भविष्यलाई गिज्याइहेको छ । काग्रेसकका हस्ती मनिने अर्जुन नरसिंह केसी, गगन थापा पराजित हुँदा खड्का दोस्रो स्थानमा आफुलाई स्थापित गराउन सफल भएका छन् । हुन त  भ्रष्टाचारको अभियोगमा जेल जीवन विताएर बाहिर निस्केलगत्तै कांग्रेस नेता खुमबहादुर खड्कालाई चारतारे झण्डासहित स्वागत र  १ सय २१ किलोग्रामको माला लगाई कांग्रेसले नै नयाँ परम्पराको थालनी गरेको थियो ।

पछिल्लो समय धर्मका नाममा पाप पखाल्न खोजेर चर्चामा आई चुनावी मैदानमा सफल भएको चर्चा सुरु भएको छ । कुनैदिन कमल थापासँग नजिकिदै हिन्दुधर्मको वकालत गर्दै हिडेका खड्कालाई  काग्रेसले नै सवैभन्दा वढी मत दिएर नेता स्वीकार गरेको छ ।  नेपाल मात्रै यस्तो देश हो जहा भष्ट्राचारीलाई पुरस्कार दिइन्छ र इमान्दारलाई दण्ड दिइन्छ । यसैको उदहारण हुन गगन थापा जसले इमान्दार भए बापत सजाए पाए । कांग्रेसको जित हुन्थ्यो भने गगन थापाजस्ता युवाहरुले मलाई युवा नेता नभन्नुस भनेर आत्मगाल्नी गर्नुपर्ने आउने थिएन ।