दोधारा चाँदनीको जगबुडा नदीमा २ लेनको पक्की पुल बन्ने

Posted on: February 28, 2017 | views: 536

पप्पु गुरुङ्, १७ फागुन, दोधारा चाँदनी । दोधारा चाँदनीमा २ लेनको पक्की पुल बन्ने भएको छ् । दोधारा चाँदनीको कञ्चनभोजलाई जोड्ने २ लेनको पक्की पुलको टेन्डरको प्रकृया अन्तिम चरणमा पुगेको नेपाली काग्रेंसका नेता तथा भौतिक तथा यातायात मन्त्री रमेश लेखकले बताएका छन् । हिजो दोधारा चाँदनीको पार्टी कार्यालयमा एक कार्यक्रमको बिच कार्यकर्ता भेटमा मन्त्री लेखकले यसो बताएका हुन् । दोधारा चाँदनीमा ४ वटा पुलको टेन्डर प्रकृया पुरा भई केहीको निमार्ण कार्य सुरु भएको र केही निमार्ण कार्यको तयारीमा रहेको छ् । दोधारा चाँदनीको कञ्चनभोज तथा सिमावर्ती भारतिय बजारलाई जोड्ने जोगबुडा नदीमा २ लेनको पक्की पुलको टेन्डर प्रकृया अघि बढाईएको लेखकले बताएका छन् । “कञ्चनभोजलाई जोड्ने २ लेनको पक्की पुल टेन्डर प्रकृयामा छ्” मन्त्री लेखकले भने । चाँदनीको पार्टी कार्यालयमा कार्यकर्ता संगको भेटमा बैशाख ३१ को निर्वाचन तोकिएको हुदा कार्यकर्ताहरु निर्वाचनको होमिन समेत निर्देशन दिएका छन् । दोधारा चाँदनी नेपाली काग्रेंसमा आस्था राख्नेहरुको संख्यामा कमी नभएको बताउदै यस पटको निर्वाचनमा नेपाली काग्रेंसका बहुमतले बिजय गराउन अहिले दखि कार्यकर्ता खटिनु पर्ने समेत मन्त्री लेखकले बताएका छन् । पार्टी कार्यालयमा बिभिन्न पार्टीका करिब ४० जना ब्यक्तीहरु नेपाली काग्रेंसमा प्रबेश गरेको नेपाली काग्रेंस नगर कार्यसमिति दोधारा चाँदनीले जनाएको छ् । यस्तै दोधारा चाँदनी क्षेत्रको पहिलो पेट्रोल पम्पको नेपाली काग्रेंसका नेता तथा भौतिक तथा यातायात मन्त्री लेखकद्धारा उद्धघाटन गरेका छन् । एक कार्यक्रमको बिच मन्त्री लेखकले रिदम अयल सेन्टरको उद्धघाटन गरेका हुन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ मिलन चौराहामा स्थित दोधारा चाँदनीको एक मात्र तथा पहिलो पेट्रोल पम्पले स्थानियहरुले झेल्दै आएको पेट्रोल तथा डिजलको समस्या निराकरण हुने बताईएको छ् । दोधारा चाँदनीको पहिलो तथा एक मात्र पेट्रोल पम्पमा १२ हजार लिटर पेट्रोल तथा २४ हजार लिटर डिजल संकलित क्षमता रहेको नेपाल आयल निगमका अधिकृत बिक्रेता रिद्धम अयल सेन्टर दोधारा चाँदनीका संचालक जगमोहन पुनले जानकारी दिएका छन् । बिगतका दिनहरुमा भारतिय क्षेत्रबाट डिजल तथा पेट्रोल आयात गर्दा स्थानिय तथा ब्यापारीहरुलाई सिमा क्षेत्रमा खेप्नु पर्ने समस्या निराकरण भएको स्थानियहरुको भनाई रहेको छ् ।