खुल्लातर्फको मतगणना सकियो,को-को भए विजयी,शेखरलाई सर्वाधिक मत (सूचीसहित)

Posted on: May 01, 2016 | views: 407

काठमाडौं,चैत १ । नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यको मतगणना सकिएको छ। मतगणनाबाट २५ जना केन्द्रीय सदस्यहरु चयन भएका छन् । २५ जना खुला केन्द्रीय सदस्यहरूमा डा. शेखर कोइराला सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन्। कोइरालाले १८४८ मतका साथ बढी मत ल्याएर जितेका हुन्। दोस्रो बढी मत ल्याएर खुमबहादुर खड्का र तेस्रो बढी मत ल्याएर प्रकाशमानसिंह निर्वाचित भएका छन्। निर्वाचन समितिले औपचारिक घोषणा गरिसकेको छैन। 

मतगणनाको अन्तिम नतिजा अनुसार शेखर कोइराला, खुम बहादुर खड्का, प्रकाशमान सिंह, कुलबहादुर गुरुङ, प्रदीप पौडेल, प्रदीप गिरी, धनराज गुरुङ्ग, बालकृष्ण खाँण, रमेश लेखक, पूर्ण बहादुर खड्का, महेश आचार्य, बल बहादुर के.सी., बिमलेन्द्र निधि, डा. राम शरण महत, सुजाता कोइराला, विश्वप्रकाश शर्मा, शंकर भण्डारी, एन.पि. साउद, बद्री पाण्डे, गोपाल मान श्रेष्ठ, ज्ञानेन्द्र बहादुर कार्की, चन्द्र भण्डारी, डा. प्रकाश शरण महत, डा. नारायण खडका, डा. मिनेन्द्र रिजालले जितेका छन्।  चुनाव जितेका मध्ये १४ जना देउवा पक्षका र ११ जना पौडेल पक्षका छन्। २६‍औं नम्वरमा रहेका पद्मनारायण चौधरी र उनलाई पछ्याएका उदय शमशेर राणा, जिपछिरिङ लामा २५ भित्र पर्न सकेनन्। 

१. डा. शेखर कोइराला १८४८ 
२. खुम बहादुर खड्का  १८४६
३. प्रकाशमान सिंह १७९५ 
४. कुलबहादुर (के.बी.) गुरुङ १७७३
५. प्रदीप गिरी १७२५ 
६. प्रदीप पौडेल १७०६ 
७. बालकृष्ण खाण १७०४ 
८. धनराज गुरुङ्ग १६९७ 
९. पूर्ण बहादुर खड्का १६८६ 
१०. रमेश लेखक १६७९ 
११. बिमलेन्द्र निधि १६७४ 
१२. बल बहादुर के.सी. १६७३ 
१३. महेश आचार्य १६६९ 
१४. विश्वप्रकाश शर्मा १६२० 
१५. सुजाता कोइराला १६१९ 
१६. डा. राम शरण महत १६११ 
१७. शंकर भण्डारी १५४७ 
१८. एन.पि. साउद १५४७ 
१९. चन्द्र भण्डारी १५१० 
२०. ज्ञानेन्द्र बहादुर कार्की १५०२ 
२१. गोपाल मान श्रेष्ठ १४९९ 
२२. डा. प्रकाश शरण महत १४९१ 
२३. बद्री पाण्डे १४८५ 
२४. डा. नारायण खडका १४६४ 
२५. डा. मिनेन्द्र रिजाल १४२०