संविधान संशोधनविरुद्ध संसद अवरुद्ध गर्ने एमालेको निर्णय

Posted on: November 30, 2016 | views: 118

काठमाडौं,मंसिर १५ । एमालेले संविधान संशोधन विधेयकको विरोध गर्दै बिहीबारबाट संसद अवरुद्ध गर्ने र सडकमा समेत आन्दोलन चर्काउने निर्णय गरेको छ ।एमाले संसदीय दलको बुधबार बसेको बैठकले संविधान राष्ट्रघाती भएको ठहर गर्दै त्यसविरुद्ध संसदमा संघर्ष गर्ने निर्णय गरेको हो । 

बाहिर सडकमा पनि जनताको साथ रहेको उनीहरुको आान्दोलनमा सहभागी हुँदै संशोधनलाई असफल पार्ने निष्कर्ष निकालेको हो ।पार्टीका तर्फबाट उपाध्यक्ष बामदेव गौतमले धारणा राख्दै सशक्त आन्दोलनमा जाने  निर्णय सुनाए ।अस्वस्थ भएका कारण बैठकमा संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी ओली भने अनुपस्थित थिए ।