लोकमानलाई लिखित जवाफ लेखेर आउन सर्वोच्चको आदेश

Posted on: November 08, 2016 | views: 276

काठमाडौं ।
सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुस्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाइ ७ दिनभित्र आफै अदालतमा उपस्थित हुने आदेश दिएको छ ।

सर्वोच्चले म्याद तामेलीमा अवरोध गरेकोमा अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीसहित चार जनालाई कारबाही गर्न माग गर्दै परेको रिट निवेदनमाथि भएको सुनुवाइपछि यस्तो आदेश दिएको हो ।

न्यायधीश आनन्दमोहेन भट्टराइको एकल इजलासमा उक्त मुद्दाको सुनुवाइ भएको थियो ।

एकल इजलासको आदेशमा भनिएको छ-‘सजाय नगर्नु पर्ने कुनै आधार र कारण भए सात दिनभित्र स्वयम् आफैं उपस्थित भई लिखित जवाफ पेश गर्नु भनि निवेदनमा विपक्षी बनाइएका व्यक्तिहरुलाई निवेदनको प्रतिलिपिसहित म्याद सूचना तत्काल जारी गर्नू ।’

लोकमानसिंह कार्कीको योग्यता सम्बन्धी मुद्दाको मुल निवेदनकर्ता ओमप्रकाश अर्यालले सो निवेदन दर्ता गराएका थिए ।

अर्यालको निवेदनमा कार्कीका ज्वाँइ प्रवल थापा, असइ नकुल गौतम, कानुन मन्त्रालयका पूर्वसचिव प्रमोद कार्कीलार्इ विपक्षी बनाइएको थियो ।