सिटौलालाई जम्मा १० प्रतिशत भोट, देउवालाई ११ भोटको चोट

Posted on: April 30, 2016 | views: 218

२४ फागुन, काठमाडौं ।
भारतीय एजेण्टको रुपमा चित्रित गरिंदै आएका काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जम्मा १० प्रतिशत भोट पाएका छन् ।

गगन थापालाई काखी च्यापेर सभापतीमा उठेका सिटौलाले मात्र ३ सय २४ भोट पाए । केन्द्रिय सदस्य उम्मेदवारमा जित्न मुश्किल पर्ने सिटौलाले सौदा बाजीकै लागि सभापतीमा लड्दा नमिठो हार व्यहोरेका छन् ।

यता शेर बहादुर देउवाले समेत नमिठो स्वाद एकाबिहानै चाख्न पुगे । मत गणनाको सुरुवाती देखी मध्य समयसम्म जित निश्चित जस्दै देखिएका देउवा मात्र ११ भोट कम आउँदा सभापती बन्न बाट चुकेका छन् ।

११ भोट कम आउँदाकै कारण अब फेरी उनै सिटौलाले आफ्नो पदको लागि देउवा र रामचन्द्र पौडेलसँग सम्झौताको शर्त राख्ने भएका छन् ।

४९.६८ प्रतिशत ल्याए पनि सभापति बन्न नसकेका देउवा र ३६. ८४ प्रतिशत मत ल्याएर फेरी सभापती लड्ने पक्का भएका रामचन्द्र पौडेल दुवैसँग अब सिटौलाले संसदीय दलको नेता वा पार्टीमा ठूलै पदको लागि सौदाबाजी गर्ने पक्का देखिएको छ ।

सिटौलाले पाएको १० प्रतिशत मत नै अबको निर्वाचनमा निर्णायक हुने देखिएका कारण पनि भारतीय र को एजेण्टको रुपमा काँग्रेस भित्र चिनिंदै आएका सिटौलाले यो समयमा खेल्ने मौका पाउने भएका छन् ।

सभापतिको निर्वाचन दोस्रो चरणमा गए पछि पौडेललाई भने केही राहत मिलेको छ । कारण हो सिटौलाले काटेको अधिकाशं मत संस्थापन पक्षको हुनु । त्यसो भएकाले पनि सिटौलाले सौदाबाजीमा कसैगरि देउवालाई समर्थन गरेपनि देउवालाई जित्न बढीनै कसरत पर्ने देखिन्छ । यद्यपी यसरी सिटौलाले देउवालाई समर्थन गरेमा भने पहिलाको मतदाता कायम राख्न सकेमा देउवाले काँग्रेसको सभापती पद हत्याउन सक्ने संभावना प्रवल छ ।

कांग्रेसको विधान अनुसार कुल महाधिवेशन प्रतिनिधि तीन हजार एक सय ६३ महाधिवेशन प्रतिनिधिमध्ये आइतबारको निर्वाचनमा तीन जार एक सय ४८ जनाले मतदान गरेका थिए ।

स्मरणीय छ यसअघि कांग्रेसको १२ औं महाधिवशेनमा पनि तीनजाना सभापतिका लागि भिडेका थिए । जसमा पहिलो चरणमा सभापति सुशील कोइरालाले एक हजार ६ सय ५२ मत ल्याई बिजयी भएका थिए ।

त्यतिबेला समेत सभापतीमा लडेका देउवाले एक हजार तीन सय १७ र भीमबहादुर तामाङले मात्र ७८ मत ल्याएका थिए ।

Photo-annapurnapost