एशिया कप क्रिकेटको उपाधि भारतलाई,बंगलादेश ८ विकेटले पराजित

Posted on: May 03, 2016 | views: 276

एजेन्सी,फागुन २४ । एशिया कप क्रिकेटको उपाधि भारतले जितेको छ ।  फाइनलमा आयोजक बंगलादेश ८ विकेटले हराउँदै भारतको उपाधि हात परेको हो ।   मीरपुरमा भएको खेलमा टस हारेर बंगलादेशले दिएको १ सय २० रनको लक्ष्य भारतले ९ बल बाँकी छदै भेट्टायो ।  भारतको लागि शिखर धवनले ६० रन, विराट कोहलीले नटआउट ४१ रन र धोनीले नटआउट २० रन बनाए ।   बंगलादेशले ५ विकेट गुमाएर १२० रन बनायो । उसका लागि सविर रहामानले अविजित ३२ रज जोडे ।

यसअघि ५ पटक एशिया कप जितिसकेको भारत आज बंगलादेशलाई हराउँदै सर्वाधिक ६ पटक उपाधी जित्ने एक्लो किर्तिमान उसको नाममा बनाएको छ ।  अहिलेसम्म भारत र श्रीलंकाले समान ५–५ पटक उपाधी जितेका छ । एकपटक दुबै टिमले फाइनलमा बराबरी खेलेर उपाधी बाँडेका थिए । भारतले भारतले १९८४,१९८८,१९९०–९१, १९९५ र २०१० मा यो उपाधी जितेको थियो ।