कांग्रेसमा मतदान जारी, सकिएलगत्तै मतगणना,बहुमत नपुगे भोली फेरी मतदान 

Posted on: April 30, 2016 | views: 160

२३ फागुन, काठमाडौं  । 
नेपाली कांग्रसमा नयाँ नेतृत्वका लागि मतदान जारी रहेको छ । बिहान सवा ८ बजे सुरु भएकाको मतादानको समय बेलुका ४ बजेसम्मका लागि तय गरिएको छ । प्रतिनीधिहरु मतदान गर्न लामबव्द्ध रहेका छन् ।  सभापति र महामन्त्रीका उम्मेदवारले मतदान गरिसकेका छन् । पहिलो मतदान बरिष्ठ नेता शेरबहादुर देउवाले गर्नुभएको थियो । सभापतिका उम्मेदवार रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाले मतदान गर्नु भएको छ ।

प्रकाशमान सिंह, शसांक कोइराला, गगन थापा लगायतले पनि मतदान गर्नु भएको छ। नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि आज भइरहेको मतदान सकिएलगत्तै सभापतिको मत गणना हुने भएको छ। रात भरीमा मतपरिणाम आइसक्ने निर्वाचन आयोगले जनाएको छ।यदि पहिलो चरणमा कसैको बहुमत नआए भोलि पुनः भोलि पहिलो र दोस्रो उम्मेद्वारबीच चुनाव हुन्छ। कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन कम्तिमा ५१ प्रतिशत मत आवश्यक हुन्छ।