कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि निर्वाचन सुरु

Posted on: May 01, 2016 | views: 226

२३ फागुन, काठमाडौं  । 
कांग्रेसमा नयाँ नेतृत्व चयनको लागि  मतदान सुरु भएको छ ।  मतदान प्रदर्शनी मार्गमा रहेको राष्ट्रिय सभा गृहमा बिहान ८ बजेदेखि सुरु भएको हो । निर्वाचनवाट कांग्रेसको आगामी पाँच वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । निर्वाचनमा देशभर र विदेशस्थित जनसम्पर्क समितिबाट चुनिएर आएका करिब ३२ सय प्रतिनिधीले पार्टी सभापतिसहितको ६४ सदस्यीय केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचनमा भाग लिनेछन्। मतदान बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ।’

 कांग्रेसले आफ्नो महाधिवेशनमा विद्युतीय निर्वाचन प्रणालीलाई अपनाएको छैन। निर्वाचन समितिका सदस्य घिमिरेका अनुसार विभिन्न पदमा मतदान गराउन  ९ किसिमका मत्रपत्र तयार पारिएको छ। सभापति, महामन्त्री र कोषाध्यक्षसहितको ६४ सदस्यीय केन्द्रीय सदस्य निर्वाचनमार्फत प्रत्यक्ष निर्वाचित हुनेछन्।  

सभापति, १ महामन्त्री, १ कोषाध्यक्ष सहित खुला, महिला, प्रदेश र समावेशी सहितको केन्द्रीय सदस्य गरी ६४ पदका लागि निर्वाचन हुनेछ। पदाधिकारीको ३ पदमा १० जना सहित ३ सय १२ जना उम्मेदवार छन्।