कांग्रेस महाधिवेशनः अनिर्णीत मतमाथि रातभर चलखेल

Posted on: May 02, 2016 | views: 309

२३ फागुन, काठमाडौं ।
कांग्रेस नेतृत्वका लागि सभापतिका तीनै प्रत्याशीले शनिवार राति अबेरसम्म चलायमान हुन सक्ने र अनिर्णीत मत आआफ्नो पक्षमा ल्याउने अन्तिम कसरत गरे। कान्तिपुर दैनिकमा समाचार छ।
 
कांग्रेसका ३ हजार १ सय ६१ मतदातामध्ये करिब दश प्रतिशत मत अनिर्णीत र चलायमान हुने अनुमान छ। पार्टीमा यसपटक ५० प्रतिशतभन्दा बढी नयाँ अनुहारका प्रतिनिधि छन्। नयाँ प्रतिनिधि बढी आएकैले प्रत्याशीहरु ढुक्क हुने अवस्थामा छैनन्।
 
कार्यबाहक सभापति रामचन्द्र पौडेल, बरिष्ठ नेता शेरवहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको प्यानल मध्यरातसम्मै मत तान्ने कसरतमा थिए ।

त्यस क्रममा प्रतिनिधिलाई भविष्यमा अवसर प्रदान गर्ने आश्वासनदेखि लिएर आर्थिक प्रभावमा पार्ने प्रयत्न समेत भएको हुन सक्ने कांग्रेसकै नेताहरुले बताए।

कांग्रेस महाधिवेशन:६४ पदका लागि ३ सय १५ जनाबीच प्रतिष्पर्धा (नामावलीसहित)