कांग्रेस महाधिवेशन:६४ पदका लागि ३ सय १५ जनाबीच प्रतिष्पर्धा,निर्वाचन भोली (नामावलीसहित)

Posted on: May 02, 2016 | views: 251

काठमाडौं,फागुन २२ ।  नेपाली कांग्रेस केन्द्रीय समितिको विभिन्न पदका लागि नयाँ नेतृत्व चयन प्रक्रियामा ३ सय १५ उम्मेद्वार मैदानमा उत्रने भएका छन्। अन्तिम नामवली अनुसार मनोनयन फिर्ता लिन दिइएको शनिबार अपरान्हसम्ममा ६० जना सदस्यहरुले विभिन्न पदबाट आफ्नो उम्मेदवारी फिर्ता लिएपछि बाँकि रहेका प्रत्यासीबीच प्रतिस्पर्धा हुने भएको छ। खुला २५ जना केन्द्रीय सदस्यको निर्वाचनमा ९० जना उम्मेदवार रहेका छन्। महिला आरक्षण तर्फको ६ सिटमा ३८ जना, प्रदेश तर्फ २ पदका लागि एक नम्बर प्रदेशमा १३ जना, २ मा ५ जना, प्रदेश नम्बर ३ मा १८, प्रदेश ४ मा ९, प्रदेश ५ मा १० प्रदेश ६ मा ५ र सात नम्बर प्रदेशमा ७ जना उम्मेदवार रहेका छन्।
 
जनजाति पुरुष ३ पदका लागि ४० जना महिला २ सिटका लागि १२ जना, दलित पुरुष ३ पदका लागि २० जना, महिला २ पदका लागि ५ जनाको उम्मेदवारी कायम रहेको छ। मधेसी आरक्षण तर्फको पुरुष ३ पदका लागि १५ जना, मधेसी महिला २ सिटका लागि ९ जना र मुस्लिम १ पदका लागि ६ जनाबीच प्रतिस्पर्धा हुदैछ।
सभापतिमा तीन जना

रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला
महामन्त्रीमा तीन जना
शसाङ्क कोइराला, अर्जुननरसिंह केसी, गगन थापा

कोषाध्यक्षमा चार जना
सीतादेवि यादव, चित्रलेखा यादव, उमाकान्त चौधरी र कृष्ण कार्की

केन्द्रीय सदस्य

आदीवासी जनजातितर्फ ३ पदका लागि ४० जना
आदीवासी जनजातितर्फ महिला २ पदका लागि १२ जना
दलितको ३ पदका लागि २० जना
दलित महिलाका २ पदका लागि ५ जना
महिला ६ पदका ३८ जना
मधेशी ३ पदका लागि १५ जना
मधेशी महिला २ पदका लागि ९ जना
मुस्लिम १ पदका लागि ६ जना
खुला तर्फ २५ पदका लागि ९० जना
प्रदेश १ मा २ पदका लागि १३ जना
प्रदेश २ मा २ पदका लागि ५ जना
प्रदेश ३ मा २ पदका लागि १८ जना
प्रदेश ४ मा २ पदका लागि ९ जना
प्रदेश ५ मा २ पदका लागि १० जना
प्रदेश ६ मा २ पदका लागि ५ जना
प्रदेश ७ मा २ पदका लागि ७ जना

मैदानमा उत्रिएका छन् ।


 विहान ९ बजेदेखि १२ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो ।